रवि लामिछाने ८४ दिनपछि प्रहरीको हिरासतबाट छुटे | Khabarhub Khabarhub

रवि लामिछाने ८४ दिनपछि प्रहरीको हिरासतबाट छुटे


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

अब अदालती प्रक्रिया पूरा गरेर रविसहित सबै प्रतिवादीहरूलाई फिस्टेल अस्पताल पोखरामा स्वास्थ्य परीक्षणका लागि लगिने छ ।

‘अहिले सभापति सहित सबै प्रतिवादीहरू कास्की अदालतमै हुनुहुन्छ । अबको करिब एक घण्टापछि फिस्टेल अस्पताल पोखरामा उहाँहरूको स्वास्थ्य परीक्षण गरिनेछ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले खबर हबलाई भने, ‘अहिले अदालत ती प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। आज नै स्वास्थ्य परीक्षण गर्ने काम हुन्छ भनेर जानकारी गराउनुभएको छ।’

स्रोतका अनुसार उनलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने सर्तमा रिहा गरिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातैजनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ८ : २८ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो