हिरासतबाट छुटेपछि रविले भने : न्याय मरेको रहेनछ | Khabarhub Khabarhub

हिरासतबाट छुटेपछि रविले भने : न्याय मरेको रहेनछ


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले न्याय मरेको छैन भन्ने आवास भएको बताएका छन् ।

पूर्वगृहमन्त्री लामिछानेले सञ्चारकर्मीसँग भने, ‘न्यायालयलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु न्याय मरेको छैन भन्ने आवास भएको छ। र सम्पूर्ण माया गर्नेलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।’

यस्तै लामिछानेले आफ्ना पार्टीका सहकोषाध्यक्ष दीपक बोहराको लाइभमा आएर भनेका छन्, ‘सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । अहिले मेरो बोल्ने बेला आएको छैन बोल्ने पालो आएपछि म नबोल्नु भने पनि बोल्नेछु। तर अहिले मलाई न्यायपूर्ण विश्वास लागेको छ । धेरै धेरै धन्यवाद छ। न्यायालयप्रति विशेष आभारी छु । न्यायालयले न्याय गर्छ भन्ने असाध्यै धेरै विश्वास प्राप्त भएको छ। सबैजनालाई धन्यवाद ।’

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरु रिहा भएका छन् ।

न्यायाधीश नितिज राईको इजलासले आज सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईंलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईंले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहने अदालतले जनाएको छ ।

लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले पार्टी र परिवारको जिम्मा लगाइने, शुक्रबार उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने जनाइएको छ । अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश आएको हो ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १० : २६ बजे

पार्किङ सुरू भएपछि खुले न्यूरोडका सटर (तस्बिरहरू)

काठमाडौं– न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरूको मोटरसाइकलमा व्हील लक गरेको

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

चितवन– भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ

विदेशी भूमिमा रहेका नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्य : विज्ञहरू

काठमाडौं– मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन नेपाल

पत्रकार दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी

काठमाडौं- भिडियो समाचार बनाएकै आधारमा नेपाल प्रहरीबाट साइबर अपराधको मुद्दा