आज ‘चकलेट-डे’ : गुलियोसँगै यसरी बनाउनुहोस् सुमधुर सम्बन्ध | Khabarhub Khabarhub

आज ‘चकलेट-डे’ : गुलियोसँगै यसरी बनाउनुहोस् सुमधुर सम्बन्ध


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे । चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा अन्तर्गत पर्छ ।

जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग हुने गरिन्छ। 

विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ ।  ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ । 

आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चकलेट दिएर खुसी बनाउन सकिन्छ । प्रेम सप्ताहको तेस्रो दिन आफूले माया गरेको मान्छेलाई पनि चकलेट दिने चलन छ । चकलेट जस्तै मिठो सम्बन्ध बनोस् भनेर यो दिन चकलेट साटासाट गरेर मनाइन्छ ।

सबै चकलेट स्वास्थ्यका लागि फाइदाजनक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ । 

 यस्ता छन् चकलेटका फाइदाहरू 

– चकलेटको सेवनले महिलालाई रजस्वलाको समयमा हुने पीडाबाट राहत दिनुका साथै गर्भवती अवस्थामा शिशुको विकासमा पनि सहयोग गर्छ ।

‍- शरीरमा देखिने कोलेस्ट्रोलको मात्रा कम गर्न चकलेट फाइदाजनक मानिन्छ । 

-चकलेटले छालामा निखार ल्याउँछ । 

– चकलेटमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने भएकोले मुटु रोग, क्यान्सरका साथै बुढेसकालमा लाग्ने रोगबाट बचाउन मद्दत गर्छ ।

– तथा र डिप्रेसनका बेला चकलेट सेवन गर्नु लाभदायक मानिन्छ । 

–  डार्क चकलेटमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइने भएकोले मस्तिष्कको कार्य प्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

 – चकलेटमा पोटासियम र कपरको मात्राले हृदयाघात हुँदा मुटुको क्षमतालाई कायम राखी रक्तचाप कम गर्नुका साथै धमनी कठोर हुनबाट बचाउँछ ।

– चकलेट सेवनले खोकी कम गर्नुका साथै तनावबाट समेत राहत दिन्छ । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : १६ बजे

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी– जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु

चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।