आज २०८१ साल माघ २७ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ २७ गते आइतबारको राशिफल


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २७ गते आइतबार माघ शुक्ल पक्षको द्वादशी तिथि। चाँगुनारायण मेला। तदनुसार सन् २०२५ फेब्रुअरी ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। साथीसँगको सहकार्यले फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवनरसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

वृष : बोलीकै कारण काम बन्नेछ। गला र कलाको प्रदर्शन गर्ने दिन छ। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा नतिजा राम्रो प्राप्त हुनेछ। बोलीमा सुधार आवश्यक हुनेछ।

मिथुन : दिन राम्रो छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। विपक्षी साथी तपाईंको साथमा रहेकाले महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक क्षेत्रको विवादले मन अशान्त भए पनि समाधानका सुत्र पत्ता लाग्नेछन्। परिवारको सल्लाहले मन शान्त बन्नेछ।

कर्कट : साना कुरामा झन्झट बढ्नेछ। विपक्षी साथीले बोलेको कुरालाई स्वीकार गर्नुपर्ने दिन आएको छ। परिवारका सदस्य तपाईं अनुकुल भएकाले मन शान्त बन्नेछ। अनुत्पादक क्षेत्रको लगानी घटाउनु पर्नेछ।

सिंह : दिन राम्रो छ। थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ। विपक्षी मोर्चामा बौद्धिक व्यक्ति भएकाले तर्क गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कन्या : शिक्षा र स्वास्थ्य क्षेत्रको मिहिनेत सफल बन्नेछ। महत्त्वपूर्ण काममा अवरोध हुनेछ। परिवारलाई विश्वास गर्नाले समस्या बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

तुला : बौद्धिक क्षेत्रका व्यक्तिसँग भेट हुनेछ। साथीसँगका शंका कम हुँदै जानेछन्। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ। साथीभाइ दाहिना भएकाले सोचेका काम बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। बन्धुसँग कार्यगत एकता गरेमा फाइदा हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। थोरै लगानीबाट पनि राम्रो फाइदा हुनेछ। विपक्षी साथीकोसमेत साथ मिल्नेछ। तपाईंका योजना कार्यान्वयन हुने दिन छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। साथीभाइले भन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सानो कुराले काममा अवरोध गर्नेछ। सम्पत्तिको लगानी उचित ठाउँमा हुने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। दिनको सुरुवात दान गरेर गर्नुभएमा हरेक काममा सफलता मिल्नेछ।

मीन : अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। सहकर्मीले साथ दिनेछन्। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। समाजमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ०७ बजे

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर