बार काउन्सिल पार्षदमा डिएलएका पाँच र पीपीएलएका दुई उम्मेदवार विजयी, गण्डकीमा दयाराम  « Khabarhub

बार काउन्सिल पार्षदमा डिएलएका पाँच र पीपीएलएका दुई उम्मेदवार विजयी, गण्डकीमा दयाराम 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल कानून व्यवसायी परिषद् पार्षदका लागि शनिबार भएको निर्वाचनमा ७ मध्ये ५ प्रदेशमा प्रजातान्त्रिक कानुन व्यवसायी (डिएलए) का उम्मेदवार विजयी भएका छन् । प्रगतिशील कानून व्यवसायी संगठन (पीपीएलए) दुई प्रदेशमा समेटिएको छ ।

कोशीमा डिएलए समूहका राजु ढकाल, मधेशमा सञ्जीकुमार मल्लिक, गण्डकीमा दयाराम गौतम, लुम्बिनीमा ईश्वरीप्रसाद ज्ञवाली, सुदूरपश्चिम टेकबहादुर कठायत निर्वाचित भएका छन् ।

यस्तै, पीपीएलएका तर्फबाट बागमतीमा रविनारायण खनाल र कर्णालीमा मातृकाप्रसाद खनाल विजयी भए । पीपीएलएलाई माओवादी निकट कानून व्यवसायीहरूको समर्थन थियो ।

परिषद् कानून व्यवसायीको अनुगमन र नियमनकारी संस्था हो । परिषद्को ऐनले प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरुको निर्वाचन मण्डलबाट सात प्रदेशबाट १–१ पार्षद्को चयन गर्नुपर्ने व्यवस्था गरेको छ ।

महान्यायाधिवक्ताको अध्यक्षतामा रहने परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसियसनको अध्यक्ष, सर्वोच्च अदालतको रजिस्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित ७ प्रदेशबाट पार्षद चयन हुने व्यवस्था छ ।

गण्डकीबाट निर्वाचित गौतम पीपीएलएका उम्मेदवार नारायणप्रसाद शर्मासँग ७८ मतान्तरले विजयी भए । गौतमले ३ सय १२ मत ल्याउँदा शर्माले २ सय ३४ मत प्राए । गण्डकीमा मनाङ र मुस्ताङका बाहेक ६ सय ५ मतदाता थिए । गौतम उच्च अदालत बार एसोसिएसनका पूर्व अध्यक्ष हुन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ३८ बजे

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति

हिउँदे वर्षाले काँचो इँटामा क्षति

नेपालगञ्ज– दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बरहथवा– सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ

मंगलसेन पुग्यो बालेनको चुनाव यात्रा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र