अध्यादेश अड्किएपछि प्रधानमन्त्रीले बोलाए राजनीतिक संयन्त्रको बैठक « Khabarhub

अध्यादेश अड्किएपछि प्रधानमन्त्रीले बोलाए राजनीतिक संयन्त्रको बैठक


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत पुसमा जारी भएका ६ वटा अध्यादेश संसद्को माथिल्लो सदनमा बहुमत नपुग्दा रोकिएपछि विकल्पको खोजीमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

सत्ता घटकमै रहेको जनता समाजवादी पार्टी नेपालले अध्यादेश पासका लागि साथ नदिने बताएपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ‌ओलीले विकल्पको खोजीका लागि आइतबार साँझ बस्ने गरी संयन्त्रको बैठक बोलाएका हुन् ।

यो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा गत पुसमा जारी भएर माघ १८ गते संसद्मा पेस गर्न रोकिएका ६ वटा अध्यादेशको विषयमा रणनीति तय गरिने भएको छ ।

‘६ वटा अध्यादेशलाई लिएर राजनीतिक संयन्त्रले गहिरो अध्ययन गरेर ल्याउन सुझाव दिइसकेको छ। तर बाहिर अर्को प्रचार भयो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘आइतबारको बैठकमा पनि अध्यादेशको गतिरोध, सरकारको कार्यशैली र गति तथा समसामयिक विषयमा छलफल हुन्छ ।’

सरकारलाई सफल र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीले कांग्रेससँग ‘दुई दलीय राजनीतिक संयन्त्र’ निर्माण गरेका थिए ।

गत कात्तिक १५ गते बसेको कांग्रेस–एमालेको बैठकबाट प्रधानमन्त्रीले आफू र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा राजनीतिक संयन्त्र बनाएका थिए ।

संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् । त्यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १ : ०४ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट