रौतहटबाट फरार ४६५ प्रतिवादी पक्राउ « Khabarhub

रौतहटबाट फरार ४६५ प्रतिवादी पक्राउ


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियानअन्तर्गत दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्यान्वयनको लागी जिल्लामा सञ्चालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उक्त प्रतिवादीहरू लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको हो।

जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५ रुपैयाँ जरिबाना तोकिएका शेख टईटसहित विभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।

अन्य पक्राउ पर्नेमा किर्ते जालसाजी मुद्दाका कैलाश माझी, धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल, रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै जना लाई फैसला कार्यान्वयन लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन् ।

यस अघि एसपी दिलीप घिमिरेको विशेष सक्रियतामा सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका निकायबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३७८ जना प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ । 

त्यसैगरी जिल्ला अदालत रौतहट लगायत निकायमा चालु मुद्दाको फरार ८७ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ ।

एसपी घिमिरेले रौतहटको कमाण्ड सम्हालेदेखी फरार प्रतिवादी पक्राउसँगै तस्करी नियन्त्रणमा प्रहरीले विशेष सक्रियता देखाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १ : ५१ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना