नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय अब नयाँ स्थान र भवनमा « Khabarhub

नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय अब नयाँ स्थान र भवनमा


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नयाँ स्थान र नयाँ भवनबाट सञ्चालनमा आएको छ । बैंकले हालसम्म चितवन रत्ननगरको बकुलहर, टाँडीको केन्द्रीय कार्यालयबाट सेवा दिँदै आएकोमा आजबाट भरतपुरको बाइपासरोड स्थित जिल्ला सहकारी संघको आधुनिक भवनमा सरी सेवाको सुरुवात गरेको हो ।

आज नै बैंकले हाकिमचोक स्थित नयाँ शाखा कार्यालयबाट समेत सेवाको सुरुवात गरेको जनाएको छ । बैंकको २२औँ साधारणसभाले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने निर्णय गरे बमोजिम स्थानान्तरण भएको हो ।

बैंकले चितवनको टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा शाखा कार्यालयहरूमार्फत् बैंकिङ कारोबार गर्दै आएको छ । व्यापारिक केन्द्रको रूपमा विकास हुँदै गरेको भरतपुरमा केन्द्रीय कार्यालय स्थानान्तरण भएसँगै सेवाग्राहीलाई थप सेवा प्रदान गर्न सहज हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : २५ बजे

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको