आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २५ गते आइतबार फागुन शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मार्च ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बोलीमा प्रभाव रहनेछ। व्यापार व्यवसायमा धन लाभ हुनेछ। परिवार र आफन्तबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। कार्य सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तोष प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। स्वदेशमा भन्दा विदेशको रमझममा मन जानेछ।

मिथुन : धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। आफूले गरेको श्रमको उचित फल प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : संचित धन खर्च हुनेछ। शत्रु बढ्ने समय आएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। वरपिपलको रुखमा पानी चढाएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ। इष्टमित्र बढ्नेछन्। मनमा उत्साह थपिनेछ। आज उत्तरको एकल यात्रामा नजानुहोला। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिजन्य वस्तुमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ। सरकारी सेवामा भए बढुवा हुने सम्भावना छ। परिवारमा मेलमिलाप रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंले गरेको राम्रा कामको जस अरुले लिन सक्छन्। परिवारमा विवाद आउन सक्छ। शिक्षाको क्षेत्रमा भने तपार्इंको उन्नति प्रगति हुनेछ। स्वास्थ्यमा समस्या हुने दिन छ।

वृश्चिक : आज शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत हुनुपर्नेछ। परिवारमा विवाद बढ्नेछ। बिहान गणेशको भजन सुन्दा दिन सहज हुनेछ।

धनु : स्वास्थ्यमा गडबढी हुनेछ। शत्रु बढ्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध भने सुमधुर रहला।

मकर : आज संचित धन खर्च गर्ने दिन छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। अन्त्य साढे साती दशा चलिरहेकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कुम्भ : सानातिना कुरामा रिस धेरै उठ्नेछ। रिसको नियन्त्रण गर्नु फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। अध्ययनमा मन जानेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। आफन्तको सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ०२ बजे

दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ : भानुभक्त जोशी

अत्तरिया– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष भानुभक्त जोशीले

बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा एक महिलाको मृत्यु

गुल्मी – गुल्मीमा बाँदर भगाउन राखेको विद्युतीय धरापमा परी एक

इजिप्टले उपग्रह निमार्णमा तीव्रता दिँदै, अन्तरिक्ष क्षेत्रमा नयाँ पहल

एजेन्सी– इजिप्टको अन्तरिक्ष एजेन्सी (इजीएसए) ले स्थानीय स्याटेलाइट निर्माण र

अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु

अर्घाखाँची– अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु

प्रधानमन्त्रीबारे जथाभावी नबोल्नुस्, कहाँ पार्लियामेन्टमा जवाफ दिने ? सक्कियो ! (भिडियोसहित)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो विक्षीहरुप्रति आक्रामक रुपमा