आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २५ गते आइतबार फागुन शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मार्च ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बोलीमा प्रभाव रहनेछ। व्यापार व्यवसायमा धन लाभ हुनेछ। परिवार र आफन्तबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। कार्य सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तोष प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। स्वदेशमा भन्दा विदेशको रमझममा मन जानेछ।

मिथुन : धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। आफूले गरेको श्रमको उचित फल प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : संचित धन खर्च हुनेछ। शत्रु बढ्ने समय आएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। वरपिपलको रुखमा पानी चढाएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ। इष्टमित्र बढ्नेछन्। मनमा उत्साह थपिनेछ। आज उत्तरको एकल यात्रामा नजानुहोला। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिजन्य वस्तुमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ। सरकारी सेवामा भए बढुवा हुने सम्भावना छ। परिवारमा मेलमिलाप रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंले गरेको राम्रा कामको जस अरुले लिन सक्छन्। परिवारमा विवाद आउन सक्छ। शिक्षाको क्षेत्रमा भने तपार्इंको उन्नति प्रगति हुनेछ। स्वास्थ्यमा समस्या हुने दिन छ।

वृश्चिक : आज शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत हुनुपर्नेछ। परिवारमा विवाद बढ्नेछ। बिहान गणेशको भजन सुन्दा दिन सहज हुनेछ।

धनु : स्वास्थ्यमा गडबढी हुनेछ। शत्रु बढ्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध भने सुमधुर रहला।

मकर : आज संचित धन खर्च गर्ने दिन छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। अन्त्य साढे साती दशा चलिरहेकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कुम्भ : सानातिना कुरामा रिस धेरै उठ्नेछ। रिसको नियन्त्रण गर्नु फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। अध्ययनमा मन जानेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। आफन्तको सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ०२ बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,