ज्ञानेन्द्रलाई स्वागत गर्ने कुराले बालुवाटारमा छटपटी : विष्णु रिमाल लेख्छन्- ‘फर्गिभ-वट नट फर्गेट’ « Khabarhub

ज्ञानेन्द्रलाई स्वागत गर्ने कुराले बालुवाटारमा छटपटी : विष्णु रिमाल लेख्छन्- ‘फर्गिभ-वट नट फर्गेट’


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक महिना लामो पोखरा भ्रमणबाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजधानीमा स्वागत गर्ने राप्रपाको निर्णयले बालुवाटारमा छटपटी भएको देखिएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत् पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कुराको विरोध गरेका हुन्। उनले शाह वंशको अढाइ सय वर्षसम्मको चकचकी र लुटलाई बिर्सिए पनि २०४६ साल अगाडि बोल्ने अधिकार नभएको अवस्थाको सम्झना गर्दै राजालाई स्वागत गर्ने कुराको विरोध गरेका हुन्।

यिनै ज्ञानेन्द्रले दाजुको वंश खरानी बन्दा केही गर्न नसकेको र उनैलाई स्वागत गर्छु भन्ने पाखण्ड भएको उनको टिप्पणी छ। राजसंस्था र पूर्वराजालाई स्वागत गर्ने विषयको चर्को विरोध गर्दै रिमालले फेसबुकमा लेखेका छन्, ‘अंग्रेज़ीमा एउटा भनाइ छ नि- “फर्गिभ-वट नट फर्गेट।” रिमालले राजालाई माफ दिएको तर उनले गरेको काम नबिर्सिएको आशय व्यक्त गर्दै यो भनाइ उद्धृत गरेका हुन्।

उनले अगाडि लेखेको छन्, ‘यिनीहरू नै थिए त ! अढ़ाइ सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहॉ’ जान नदिने जस्ता “राम-राज्य”का संचालक यिनीहरू नै थिए हैन र ? अझ त्यसलाई “पुरानो” कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजासहित सिंगो वंशलाई
“उनीहरूद्वारा-उनीहरूका लागि उनीहरूले नै” खरानी बनाएका हैनन् र ?’

ज्ञानेन्द्रको स्वागतमा एयरपोर्ट जाऔँ भन्ने अनुहारप्रति आक्रोश पोख्दै उनले भनेका छन्, ‘एयरपोर्ट जाऔं- स्वागत गरौं भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको “गोल्डेन डेज”आयो भन्दै ती “डेज”मा “गोल्ड”को गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र !’

यो पनि

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौं फर्कंदै पूर्व राजा ज्ञानेन्द्र, पोखरामा दिए बिदाइ भोज

उनले वंश परम्पराको पर्दाफास गर्नसमेत अनुरोध गरेका छन् ‘रक्त शुद्धता र वंश-परंपरा नश्लिय पाखण्डको पर्दाफाश गरौं।’

रिमालले ०६२/६३ को जनआन्दोलनको तस्बिर साभार गर्दै पूर्वराजा र उनको स्वागतमा खटिएको राप्रपाप्रति आक्रोश व्यक्त गरेका हुन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ४३ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा