पूर्वराजालाई स्वागत गर्न लिङ्देन र थापा एयरपोर्टमा  | Khabarhub Khabarhub

पूर्वराजालाई स्वागत गर्न लिङ्देन र थापा एयरपोर्टमा 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न पुगेका छन् । उनीहरू त्रिभुवन विमानस्थल पुगेका हुन् । 

पोखराबाट पूर्वराजा ल्याएर काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थकले र्‍याली गर्ने तयारी छ । अहिले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्ने तयारी गरेका छन् । 

पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरेका पूर्वराजा ज्ञानेन्द्र आज अपराह्न काठमाडौं आउन लागेका हुन् । 

राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार सङ्ग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरूमा सुरक्षाकर्मीको तैनाथ बढाइएको छ । यहाँ सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ । 

सरकारले आज आवश्यक परे चार वटै सुरक्षा निकाय परिचालित गर्ने तयारी गरेको छ । राजावादीहरूले आज हजारौँको संख्यामा मानिसहरू उतारेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  २ : २५ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस