ज्ञानेन्द्रको स्वागतमा पुगेकाले लगाए प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा « Khabarhub

ज्ञानेन्द्रको स्वागतमा पुगेकाले लगाए प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखराबाट आउन लागेका पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल परिसरमा पुगेका राजावादीहरू उग्र रुपमा नाराबाजी गरेका छन् ।

नेपालको झन्डासहित पुगेका उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नाराबाजी गरेका हुन् । उनीहरुले ‘केपी …र, देश छोड्, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाएका हुन् ।

पूर्वराजको पक्षमा नारा लगाएका उनीहरूले प्रधानमन्त्रीविरुद्ध भने गालीगलौजसहित आपत्तिजनक नारा लगाएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउने तयारी छ । उनी पोखरामा साइत नमिलेपछि दही खाएर हिँड्दैछन् ।

उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत राजावादीहरू एयरपोर्ट पुगिसकेका छन् ।

त्यसगरी अन्य राजावादी संघ-संस्थाले ज्ञानेन्द्रको स्वागतमा सर्वसाधारणलाई सडकमा उतारेका छन् ।

उनीहरूलाई विमानस्थल प्रवेश गर्न रोकिएको छ । सम्भावित सुरक्षा जोखिमलाई ख्याल गरेर विमानस्थल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ३ : ०२ बजे

आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

कालिकोट – कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि

दिमाग खराब : निर्देशक निश्चल एकाएक ‘भिलेन’

काठमाडौँ – अन्य आमव्यक्तिका कुरा छाडौँ, नेकपा एमालेका अध्यक्ष केपी

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा