दोलखामा एसईई परीक्षा दिने विद्यार्थीको संख्या सामान्य वृद्धि  « Khabarhub

दोलखामा एसईई परीक्षा दिने विद्यार्थीको संख्या सामान्य वृद्धि 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोलखा– २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा दोलखाबाट सहभागी हुने विद्यार्थीको संख्या सामान्य वृद्धि भएको छ ।

जिल्ला यस वर्ष २ हजार ८ सय ६१ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईई परीक्षामा सहभागी हुने विद्यार्थी सामान्य वृद्धि भएका हुन ।

गत वर्ष दोलखाबाट दुई हजार ६ सय ३० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए। गत वर्षको तुलना यस वर्ष २ सय ३१ जना विद्यार्थी बढेका हुन् ।

आउँदो चैत ७ गतेदेखि सञ्चालन हुने परीक्षाको तयारी भइरहेको निमित्त शिक्षा तथा समन्वय इकाई प्रमुख कविता बस्नेतले बताइन् ।

कार्यालयले यस वर्ष दोलखाका ८७ वटा सामुदायिक विद्यालयका दुई हजार पाँच सय ५० जना ,११ वटा संस्थागत विद्यालयका २ सय ७७ जना र एक खुल्ला विद्यालयका ३४ जना गरी ९९ सय वटा विद्यालयका २ हजार ८सय ६१ जना विद्यार्थी परीक्षा सहभागी हुन लागेका हुन् ।

कार्यालयले एक सूचना सार्वजनिक गर्दै एसईई परीक्षा केन्द्र पनि फाइनल गरेको छ । कार्यालयले १७ वटा परीक्षा केन्द्र कायम गरेको हो ।

जसमा जिरी माध्यमिक विद्यालय जिरी, हनुमन्तेश्वर माध्यमिक विद्यालय वैतेश्वर, वैतेश्वर माध्यमिक विद्यालय नाम्दु, गोल्मेश्वर माध्यमिक विद्यालय तामाकोशी मालु, सितापाइला माध्यमिक विद्यालय तामाकोशी जफे, त्रिभुवन माध्यमिक विद्यालय मेलुङ, दुर्गा माध्यमिक विद्यालय मागापौवा शैलुङ, देवी माध्यमिक विद्यालय बोच भीमेश्वर, कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी भीमेश्वर, कालिञ्चाेक माध्यमिक विद्यालय चरिकोट परीक्षा केन्द्र तोकेको छ ।

त्यसैगरी पशुपति कन्या मन्दिर माध्यमिक विद्यालय चरिकोट,बुढाभिमसेन माध्यमिक विद्यालय धरमघर भीमेश्वर, भीम माध्यमिक विद्यालय दोलखा, कालिनाग माध्यमिक विद्यालय सुनखानी कालिन्चोक, कालिनाग माध्यमिक विद्यालय सिंगटी, गौरीशंकर माध्यमिक विद्यालय लामाबगर र हलेश्वर माध्यमिक विद्यालय गौरीशंकर सुरिगरी १७ वटा एसईई परीक्षा केन्द्र रहेको कार्यालयले जनाएको छ।

त्यसैगरी गत वर्ष २०७९ सालको ग्रेड वृद्धि परीक्षाको केन्द्र कालिन्चोक माध्यमिक विद्यालय चरिकोट रहेको छ । कार्यालयले गत वर्षको भन्दा यस वर्षको परीक्षा थप कडाइ तथा अनुशासित ढंगले सञ्चालन हुनेसमेत जनाएको छ । -सुबास बस्नेत

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ४ : १४ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका