राजावादीको जुलुसमा योगी आदित्यनाथको फोटो ! « Khabarhub

राजावादीको जुलुसमा योगी आदित्यनाथको फोटो !


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत माघ २७ गते पोखरा गएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौं फर्किएका छन् ।

उनी आइतबार दिउँसो ३ बजेर २० मिनेट समिट एयरको चार्टर्ड जहाज चढेर परिवारसहित काठमाडौं फर्किएका हुन् ।

उनी काठमाडौं आउने भएपछि दुई राजावादी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नै विमानस्थल पुगेका छन् ।

कुनै बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रिय पात्र दुर्गा प्रसाईं पनि नयाँ राजावादीमा परिणत भएर विमानस्थल पुगेका छन् ।

राजावादीहरूले विमानस्थल क्षेत्रमा राष्ट्रिय झन्डासहित नाराबाजी गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिरहेका छन् ।

यसैबीच राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्रको ठूलो फोटोसँगै भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसमेत बनाएर जुलुसमा बोकेका छन् ।

यो तस्बिर प्रदीपविक्रम राणा नामका एकजना राजावादीले हिन्दु राज्य स्थापना माग गर्दै प्रदर्शन गरेका हुन् । यो तस्बिर चाबहिलबाट एयरपोर्टतर्फ आएकामध्येले बोकेर प्रदर्शन गरेका हुन् ।

पूर्वराजा शाह र योगीको ठूलो फोटोसहित उनीहरू विमानस्थल क्षेत्रमा पुगेका हुन् । यो फोटोलाई लिएर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि प्रश्न उठाएका छन् । उनले ‘राष्ट्रवादी महोदयहरूले ऱ्यालीमा प्रयोग गरेका यी २ फोटाहरू’, भनेर यो आन्दोलन कसको निर्देशनमा भएको हो भन्ने सन्देश दिन खोजेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ४ : १७ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला