दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना « Khabarhub

दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना गरिएको छ । युवा तथा खेलकुदमन्त्री एवं मूल आयोजक समिति संयोजक तेजुलाल चौधरी, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी सहभागितामा सचिवालय स्थापना भएको हो । 

आगामी जेठ ३ गतेदेखि १० गतेसम्म कर्णालीमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालयको गरिएको छ । 

पूर्वनिर्धारित समयमा प्राविधिक कारणले हुन नसकेको अब निर्धारित समयमा प्रतियोगिता सञ्चालन हुने मन्त्री चौधरीले बताए । 

‘कर्णाली प्रदेशको खेलकुदलाई साहसिलो कदमका रूपमा लगानी गरिएको छ,’ उनले भने,‘रंगशाला लगायतका खेल पूर्वाधार निर्माण गरिएको छ ।’
 
निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न जिम्मेवार व्यक्तिहरू अलमल हुन नमिल्ने मुख्यमन्त्री कँडेलले बताए । ‘जेठको महिना खेलकुद प्रतियोगिताको लागि मौसम अनुकूल नहुनेमा आशंका उठिरहेको छ,’ उनले भने, ‘भन्दै उनले खेलसम्बद्ध व्यक्तिले सकारात्मक धारणा जोगाउनु पर्नेछ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : ०९ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो