अर्थसंक्षेप : कुलमानले फेरि बुझाए सफाइ, नेप्सेमा गयो पहिरो र तीन करोडमुनिका योजनामा अर्थमन्त्रीको अंकुश « Khabarhub

अर्थसंक्षेप : कुलमानले फेरि बुझाए सफाइ, नेप्सेमा गयो पहिरो र तीन करोडमुनिका योजनामा अर्थमन्त्रीको अंकुश


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई आज सफाइ बुझाएका छन् । आज नेप्से ४६ अंक बढीले घट्यो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र०८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् ।

माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् ।

आजका आर्थिक समाचार :

शेयर बजारमा गयो पहिरो, ४६ अंकले घट्यो नेप्से

आइतबार शेयर बजारमा पहिरो गएको छ । आज एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुगेको छ । आज नेप्से १.६४ प्रतिशतले घट्दा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टा छुट्टै छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सम्पन्न ठूला रुपान्तरणकारी एवम् राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिएका छन् ।

हिमपात हुँदा किसान खुसी

मनाङका माथिल्लो भेगमा आंशिक हिमपात हुन थालेपछि किसान खुसी भएका छन् । हिमपातले हिमाल टलक्क टल्केकाे देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन ।

माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् । हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताए ।

कुलमानले ऊर्जामन्त्रीलाई फेरि भने- निष्ठापूर्वक काम गर्दा पनि सोधिएको स्पष्टीकरण पूर्वाग्रही र अन्यायपूर्ण


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई सफाइ पेस गरेका छन् ।

गत बुधबार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले मागेको स्पष्टीकरणमा कार्यकारी निर्देशक घिसिङले आइतबार सफाइ पेश गरेका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : ५३ बजे

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए…

वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा – मेची रङ्गशालामा आज सम्पन्न प्रथम ‘ओम साई पाथिभरा

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

काठमाडौँ – सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख