पोखरामा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार : पाँच जना पक्राउ « Khabarhub

पोखरामा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार : पाँच जना पक्राउ


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट विभिन्न इलेक्ट्रोनिक उपकरणहरूसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–३ घर भई हाल पोखरा–१४ अनुपम मार्ग बस्ने ३१ वर्षीय रुपेन्द्र जिसी, म्याग्दीको बेनी नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–१४ हवेलीमार्ग बस्ने ३३ वर्षीय बिक्रम बानियाँ रहेका छन् ।

त्यसैगरी, म्याग्दीको रघुगंगा गाउँपालिका–२ घर भई पोखराको अनुपम मार्गमा बस्ने १९ वर्षीय रोजन केसी, म्याग्दीको बेनी नगरपालिका–२ स्थायी घर भई अनुपम मार्गमा बस्ने २२ वर्षीय सज्जन घिमिरे, र म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थायी ठेगाना भई पोखराको चाउथेमा बस्ने २८ वर्षीय सन्दीप कटुवाल रहेका छन्। पक्राउ परेका मध्ये रुपेन्द्र जिसी आइटी इन्जिनियरिङमा पीएचडी गर्दै छन् । 

उनी १० वर्ष अमेरिका बसेर एक महिना अघि मात्रै बिदामा आएका थिए । बानियाँको पोखराको चिप्लेढुंगामा फेन्सी पसल रहेको छ। केसी ब्याचलर दोस्रो वर्षमा अध्ययनरत छन्, घिमिरे ब्याचलर चौथो वर्षमा पढ्दै छन्, र कटुवाल एक कन्सल्टेन्सीका सञ्चालक हुन्। बानियाँ र घिमिरे रुपेन्द्रका फुपूका छोरा, केसी रुपेन्द्रको सानी आमाका छोरा र कटुवाल रुपेन्द्रको बहिनी ज्वाइँ रहेका छन्।

रुपेन्द्र जिसीको साढे तीन तल्ले घरबाट क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी जस्ता शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

अनुसन्धानका क्रममा उनीहरूले आफन्तको नाममा विभिन्न बैंक खाताहरू खोली कारोबार गरेको खुलेको छ। ह्वाट्सएप, टेलिग्राम, क्यासएपलगायत एप्समार्फत सञ्चालित जुवा खेलमा हालसम्म १५ करोड रुपैयाँ बराबरको ग्याम्बलिङ कारोबार र १५ करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको देखिएको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत जनाएको छ।

उनीहरूले दैनिक तीन सिफ्टमा खेल सञ्चालन गर्ने, एक सिफ्टमा कम्तीमा ३ हजार अमेरिकी डलरको दरले अनलाइन जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूलाई अभौतिक मुद्रा प्रयोग तथा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट ३१ थान मोबाइल, २ वटा कम्प्युटर मोनिटर, ३ वटा सिपीयु, ४ वटा ल्यापटप, १ वटा आइप्याड, ४ वटा राउटर, ३ वटा पेनड्राइभ, १ वटा हार्डडिस्क, नगद ७२ हजार रुपैयाँसहित विभिन्न सामान बरामद गरिएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ७ : १९ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल