हिमाल चढ्ने रहर छ ? सरकारले खुलायो ४ सय ७६ चुचुरा « Khabarhub

हिमाल चढ्ने रहर छ ? सरकारले खुलायो ४ सय ७६ चुचुरा


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘स्काइ डाइभिङ’, ‘बञ्जी जम्प’ ‘जेटस्की’, ‘क्यानोइङ’ आखिर जीवनमा सबैभन्दा ठूलो ‘एडभेन्चर’ के होला ? हिमाल चढ्नु नै त होइन ?

यदि तपाईं हिमाल चढ्न चाहानुहुन्छ भने तपाईंले कस्तो तयारी गर्नुपर्ला ?

सरकारले हुम्लाको असाज्य टुप्पादेखि पाथीभरा उत्तर–पूर्व हिमाल चुचुरोसम्म ४ सय ७६ हिमाल चुचुरा आरोहणका लागि सरकारले खुला गरेको छ ।

ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल ।

केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल । यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ ।

उपल्लो मुस्ताङका १५ हिमालसहित पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न चुचुरो आरोहणका लागि सरकारले अनुमति खुला गरेको छ ।

पछिल्लो समय हिमाल आरोहण गर्ने उत्साह बढ्दै गएको छ । युवा, अभियानकर्मी सबै हिमाल आरोहणको अनुमप अनुभव बटुल्न चाहान्छन् ।

विदेशी तथा स्वदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्ने, हिमालहरूको प्रचारप्रसार गर्ने तथा पदमार्ग सहज बनाउने कामका लागि स्थानीय सरकार पहलमा लागेका छन् ।

कति लाग्छ रुपैयाँ ?

हिमाल आरोहण गर्ने साहस भने जोकोहीले गर्न सक्छन् । तर यसका लागि निश्चि खर्च र तालिम आवश्यक हुन्छ ।

हिमाल आरोहण रोमाञ्चक र चुनौतीपूर्ण यात्रा हो, जसमा उचित तयारी आवश्यक पर्छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, सुरक्षाजन्य चुनौती र खर्च व्यवस्थापनबारे सचेत हुनुपर्छ ।

पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अध्यक्ष सन्दीप गुरुङका अनुसार ताप्लेजुङलगायत ६ हजार मिटर उचाइको हाराहरीको हिमाल चुचुरा आरोहणका लागि ५ देखि ६ जनाको समूहका लागि १५ लाख रुपैयाँ खर्च हुन्छ ।

“पाँच जनाको समूहमा दुई जना पथप्रदर्शक आवश्यक हुन्छन् । पथप्रदर्शकलाई दैनिक पारिश्रमिक ४ हजारदेखि ६ हजार रुपैयाँसम्म खर्च हुन्छ”, उनले भने ।

व्यक्तिगत आवश्यक सामग्री ६० हजार रुपैयाँभन्दा बढी लाग्छ । हिमाल आरोहण गर्न पहिला प्रशिक्षण तथा टे«निङ लिनुपर्ने हुन्छ ।
ताप्लेजुङ जिल्लामा रहेका ५ हजारदेखि ७ हजारसम्मका पिक नेपाली नगरिकले आरोहण गर्न प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि माथि खर्च हुने पदप्रर्दशक नादा शेर्पाको भनाइ छ ।

पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अनुसार नेपालको हिमाल आरोहण विश्वभरका पर्वतारोहीका लागि एक अद्भूत अनुभव हो । तर, यो साहसिक यात्राका लागि धेरै तयारी, योजना र आर्थिक स्रोत आवश्यक पर्छ ।

हिमाल आरोहणको लागत हिमालको उचाइ, मौसम, आवश्यक गाइड तथा शेर्पाहरूको सङ्ख्यालगायत विभिन्न कारकमा निर्भर गर्छ । उचाइ बढ्दै जाँदा खर्च पनि बढ्ने गर्छ ।

पथप्रदर्शक (गाइड) र शेर्पा शुल्क, मुख्य गाइड, शेर्पा (बोझ बोक्ने सहयोगी), आधार शिविर व्यवस्थापक अनुमति शुल्क आरोहण गर्न सरकारले तोकेको शुल्क तिर्नुपर्छ, जुन हिमालको उचाइअनुसार फरक हुन्छ ।

पर्वतारोहण जोखिमपूर्ण भएकाले गाइड, शेर्पा तथा आरोहीको बीमा गर्नुपर्छ ।

काठमाडौँबाट ताप्लेजुङको फुङ्लिङ, त्यसपछि पदयात्रा वा हेलिकप्टर भाडा, आवश्यक सामग्री (गियर) खरिद वा भाडा, खाना र आवास, आधार शिविर र बाटोभरि होटल तथा टेन्टको व्यवस्थापनमा खर्च लाग्छ ।

आवश्यक सामग्री, उचित तालिम र अनुभवी गाइडका साथमा यात्रा गरे आरोहण सुरक्षित र सफल बन्ने पथप्रदर्शक बताउँछन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : ३८ बजे

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित

कांग्रेस पन्ध्रौँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण

पाटन– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो