जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण « Khabarhub

जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली–  कैलालीको भजनी नगरपालिका- ९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ । उनलाई खाना पकाउन दाउरा चाहिन्थ्यो ।  दाउराको आवश्यकता उनले नजिकैको सामुदायिक वनबाट टार्दै आएका थिए । तर अहिले उनी दाउराको चुल्होबाट मुक्त भएका छन् । ओम शान्ति सामुदायिक वनले ग्यास सिलिण्डरसँगै चुल्हो पनि वितरण गरेपछि उनको मुहारमा चमक आएको छ ।

सामुदायिक वनले विपन्न उपभोक्तालाई ग्यास र चुल्हो वितरण गरेसँगै हेमराज जस्तै १८० परिवार दाउराको निर्भरताबाट मुक्त भएका छन् । हेमराजले भने, ‘ग्यास चुल्हो पाएपछि त्यसैको सदुपयोग गर्छौँ । जङ्गल गएर दाउरा खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ ।’

वर्षौँदेखि दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यता अन्त्य भएपछि सामुदायिक वनकी उपभोक्ता मधुदेवी चौधरी पनि दङदास छिन् । ‘दाउराको जोहो गर्ने दिन गए । अब दाउरा खोज्ने समय अन्य काममा सदुपयोग गर्छु’, उनले भनिन्, ‘सिलिण्डरसँगै चुल्हो पनि पाएपछि हामी खुसी छौँ ।’

उपभोक्ता सुनिता चौधरीलाई यस वर्ष वर्षाको समयमा हुने चिन्ता हटेको छ । दाउरामै खाना पकाउनुपर्ने बाध्यतामा रहेकी सुनिताले वर्षातको समयमा दाउरा पानीले भिज्ने हुँदा खाना पकाउन निकै दुःख हुने गरेको बताइन् । ‘दाउरा ओभानोमा राख्ने ठाउँ छैन । आँगनमा राखेका दाउरा राम्रोसँग बल्दैनन्’, उनी भन्छिन्, ‘अब त्यो पीडा फर्केर आउने छैन । घरमा ग्यास भएपछि खाना पकाउन सहज भएको छ ।’

विपन्न परिवारका आशाराम चौधरी सामुदायिक वनले ग्यास चुल्हो उपलब्ध गराउँदा आगामी दिनमा समयको बचत हुने बताउँछन् । उनले दाउरा खोज्ने समय उत्पादनका क्षेत्रमा सदुपयोग गर्न सकिने बताए ।

वनको आम्दानीबाट १८० परिवारलाई प्रतिपरिवार आठ हजार रुपैयाँका दरले ग्यास चुल्हो वितरण गरिएको वनका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ११ : ४५ बजे

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता

आईपीएल २०२६ : आरसीबी बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा रोयल च्यालेन्जर्स

आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट

काठमाडौं – आईपीएल २०२६ को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक