प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलनकाे उद्घाटन « Khabarhub

प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलनकाे उद्घाटन


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनि सम्मेलनको उद्घाटन गरेका छन् ।

अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित दुईदिनसम्म चल्ने सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ ।

लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले संयुक्त रुपमा सम्मेलनको आयोजना गरेका हुन् ।

संस्कृत भाषा, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावनाका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ । विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य तपोभूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपोभूमि सम्मेलन’ आयोजना गरिएको हो ।

पाणिनि गाउँपालिका–१ र २ को सिमानामा रहेको तपोभूमिमा उक्त सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेताद्वय चन्द्र भण्डारी र पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायतको उपस्थिति छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  २ : ३५ बजे

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर