राष्ट्रिय पुरुष रग्बी फिप्टिन्स च्याम्पियनसिप सुरु (तस्बिरहरू) « Khabarhub

राष्ट्रिय पुरुष रग्बी फिप्टिन्स च्याम्पियनसिप सुरु (तस्बिरहरू)


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुरुष रग्बी फिप्टिन्स च्याम्पियनसिप आजदेखि च्यासल मैदानमा सुरू भएको छ । नेपाल रग्बी संघले आयोजना गरेको चौथो राष्ट्रिय फिप्टिन्स च्याम्पियनसिप आगामी वैशाख २ गतेसम्म चल्नेछ । 

विदेशी निर्णायकको सहभागितामा राष्ट्रिय फिप्टिन्स रग्बी प्रतियोगिता राष्ट्रिय स्तरका क्लबमा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले भाग लिएका छन् । 

उद्घाटन खेलमा आज एपीएफ क्लब र गोर्खाली रग्बी क्लब भिडे । खेलको मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुणारत्ने छन् भने  म्याच रेफ्री पनि श्रीलंकाकै सुरंगा अरुणा छन् । 

खेलका लागि नेपाली रेफ्री भने प्रेमबहादुर कोइराला छन् । नेपाल रग्बी संघले अघिल्लो वर्षदेखि यस प्रतियोगिताको ट्रफीलाई रनिङ सिल्डको रूपमा राखेको थियो । गत वर्षको विजेता गोर्खाली रग्बी क्लब हो । 

सहभागी चारै क्लबलाई तयारी तथा प्रतियोगितामा बिमा र स्वास्थ्य व्यवस्थापनसहित तीन लाख बराबरको रकम प्रदान गरिएको संघले जनाएको छ । यो पटकको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित रनिङ सिल्ड जित्नेछ । 

उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले १५ हजारसहित ट्रफी पाउनेछन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ४ : ३६ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको