सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली « Khabarhub

सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन् ।  

नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकास तथा समृद्धि चाहिएको भन्दै यस विषयमा कुनै सम्झौता नहुने बताएका हुन् । 

उनले आफू भ्रष्टाचारको विरोधी रहे पनि भ्रष्टाचार भइरहेको आफूलाई आशङ्का लागेको बताए । देशलाई विकासका बाटोमा अघि बढाउनका लागि अनुकूल वातावरण बनेको र स्थायित्व र स्थिरतातर्फ मुलुक अघि बढेको उनले बताए ।

उनले कम्तीमा पनि ८४ सालसम्म मुलुकमा स्थायित्व र स्थिरता हुने र त्यसपछि पनि यो सिलसिला कायम रहने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले बाह्य लगानी भित्राउने, संयुक्त पुँजीमा काम गर्ने अवस्था सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे ।  

प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजीवी, शिक्षक, प्राध्यापक लगायत सबैको साथमा रहेको र सबैको भलाईका लागि काम गर्न चाहेको बताए ।   

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : ३७ बजे

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह