गृहमन्त्रीले भने- तीनकुने घटनाका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्छ, व्यक्तिगत खर्च भए फिर्ता हुन्छ « Khabarhub

गृहमन्त्रीले भने- तीनकुने घटनाका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्छ, व्यक्तिगत खर्च भए फिर्ता हुन्छ


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्  ।  

बुधबार घाइतेको उपचार भइरहेको विभिन्न अस्पतालमा पुगेर गृहमन्त्री लेखकले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । सो क्रममा उनले घाइतेहरूको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए  । 

कसैले व्यक्तिगत खर्चमा उपचार गरेको भए अस्पतालमार्फत सरकारले उपचारमा लागेको खर्च फिर्ता दिने उनले बताए । गृहमन्त्री लेखकले उक्त घटनामा घाइते भएकाहरूको उपचारको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।  

चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको घटनामा दुई जनाको मृत्यु भएको थियो भने प्रहरी र प्रदर्शकारीकासाथै सर्वसाधारणसमेत घाइते भएका थिए । सो क्रममा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको थियो । 

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : २६ बजे

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख