गृहमन्त्रीले भने- तीनकुने घटनाका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्छ, व्यक्तिगत खर्च भए फिर्ता हुन्छ « Khabarhub

गृहमन्त्रीले भने- तीनकुने घटनाका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्छ, व्यक्तिगत खर्च भए फिर्ता हुन्छ


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्  ।  

बुधबार घाइतेको उपचार भइरहेको विभिन्न अस्पतालमा पुगेर गृहमन्त्री लेखकले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । सो क्रममा उनले घाइतेहरूको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए  । 

कसैले व्यक्तिगत खर्चमा उपचार गरेको भए अस्पतालमार्फत सरकारले उपचारमा लागेको खर्च फिर्ता दिने उनले बताए । गृहमन्त्री लेखकले उक्त घटनामा घाइते भएकाहरूको उपचारको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।  

चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको घटनामा दुई जनाको मृत्यु भएको थियो भने प्रहरी र प्रदर्शकारीकासाथै सर्वसाधारणसमेत घाइते भएका थिए । सो क्रममा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको थियो । 

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : २६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित