देश ‘ग्रे लिस्ट’मा पर्दा कस्तो गभर्नर खोज्दैछन् ओली–देउवा ?
यसपटक सरकार समयमै नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्न चुकेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ मै सकिए पनि कांग्रेस-एमाले गठजोडको ‘शक्तिशाली सरकार’ समयमै केन्द्रीय बैंकका लागि नयाँ गभर्नर नियुक्त गर्न चुकेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २५ मा ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतयाः एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ’ उल्लेख छ ।

राष्ट्र बैंकको प्रतिवेदन : रेमिट्यान्सले अर्थतन्त्र ठिकठाक छ
नेपाल राष्ट्र बैंकको प्रतिवेदनले मुलुकको पछिल्लो अवस्था ठिकठाक रहेको देखाएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि भइरहेको र त्यसकै कारण मुलुकमा आयातदेखि विदेशी मुद्राको सञ्चितिमा सकारात्मक अवस्था बनेको हो ।
चालु आर्थिक वर्षको ८ महिनामा विदेशमा काम गर्न गएका नेपालीले १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पठाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढी हो ।
आठ महिनामा सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड
आठ महिनामा सात प्रदेशले गरे ६८ अर्ब ५ करोड खर्च
विदेशी मुद्राको सञ्चिति २४ खर्ब नाघ्यो, १४ महिना बढीको आयात धान्न पुग्ने
आठ महिनामा २१ अर्ब ८३ करोडको धितोपत्र निष्कासन
८ महिनामा साढे १० खर्ब रेमिट्यान्स भित्रियो
वित्त आयोगले तोक्यो आगामी वर्षको लागि ऋणको सीमा, कुन सरकारले कति लिन पाउने ?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि तीनै तहका सरकारलाई ऋणको सीमा तोकेको छ । आयोगले तीनै तहको सरकारलाई सिफारिस गर्दै आगामी आर्थिक वर्षको लागि ऋणको सीमा तोकेको हो ।
आयोगले सार्वजनिक ऋण सम्बन्धी विभिन्न मुलुकको अभ्यास, अन्तर्राष्ट्रिय संस्थाहरूले न्यून आय भएका मुलुक र नेपालको सार्वजनिक ऋणको सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका विषयहरू, नेपालको विगतको अभ्यास र अनुभव एवं समष्टिगत अर्थतन्त्रका तथ्यांकका आधारमा सबै तहका सरकारका लागि ऋणको सीमा कायम गरिएको जनाएको छ ।
अछामका आगलागी प्रभावितलाई ५० लाख दिने सुदूरपश्चिम सरकारको निर्णय
एकल अंकले बढ्यो शेयर बजार, कारोबार कति ?

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकल अंकले बढेको छ । आज नेप्से ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा पुगेको छ । आज नेप्से ०.३६ प्रतिशतले बढ्दा कारोबार रकम भने घटेको छ ।
आज दिनभरमा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ७३ हजार ८२२ कित्ता शेयर कारोबार भएको छ ।
संरक्षण क्षेत्रका १४३ जनालाई क्षतिपूर्ति प्रदान
अछाम आगलागी अपडेट : २७ घर नष्ट, सात करोड बढीको क्षति
दुई सरकारको टकरावले अलपत्र काठमाडौं टावर (तस्बिरहरू)

काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको टकरावले पुरानो बसपार्कमा निर्माणाधीन भ्यु टावर अलपत्र परेको छ ।
१३ तलासम्म निर्माण भइसकेको काठमाडौं भ्यू-टावर दुई सरकारबीचको द्वन्द्वका कारण अलपत्र अवस्थामा छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
चन्दा उठाएरै बनाइयो धार्मिक पर्यटकीय स्थल मालिकाधुरी पुग्ने सडक
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
चीनले ८४ प्रतिशत कर लगाए पछि ट्रम्पले भने- अब अमेरिका सर्नुहोस्

चीनले अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेपछिको पहिलो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिकामा फर्किन प्रोत्साहन दिइरहेको बताएका छन् ।
सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईँको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’
प्रतिक्रिया