‘नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक’ « Khabarhub

‘नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक’


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । 

केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्ने एक करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक (अङ्ग्रेजीमा अनुवादितसमेत) केन्द्रीय कार्यालय र मातहतका प्रादेशिक कार्यालयहरूबाट तालिकाबद्ध रूपमा बिक्री वितरणको व्यवस्था गरिएको जानकारी दिए ।

यही चैत १२ गतेदेखि बिक्रीवितरण खुला गरी देशका ७७ वटै जिल्लाका सूचीकृत बिक्रेताहरूमार्फत शैक्षिक सत्र सुरु हुनुअगावै सम्बन्धित विद्यालयहरूमा पुर्‍याउन पहल भएको उनले बताए । 

‘हामीले पठनपाठन सुरु हुनुअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन सम्पूर्ण तयारी गरिसकेका छौँ । कथम् कदाचित् विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीले प्राप्त नगरेको गुनासो आएमा तुरुन्त केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्न आग्रह छ’, उनले भने । 

हालसम्म देशभरका नौ वटा कार्यालयबाट ६४ लाख ७६ हजार ८५० थान पुस्तक बिक्रिवितरण गरिसकिएको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार केन्द्रीय कार्यालयबाट १२ लाख तीन हजार १३४, कोशी प्रदेश कार्यालय विराटनगरबाट सात लाख ३८ हजार ६८१, मधेसको जनकपुरबाट चार लाख ९४ हजार १४२, बागमतीको भरतपुरबाट छ लाख २६ हजार ४३८, गण्डकीको पोखराबाट पाँच लाख ३२ हजार ३२४, लुम्बिनीको बुटवलबाट नौ लाख नौ हजार ६५८, कर्णालीको सुर्खेतबाट तीन लाख ६५ हजार ८०४, सुदूरपश्चिमको धनगढीबाट सात लाख ५० हजार १७ र प्रादेशिक प्रेस नेपालगञ्जबाट आठ लाख ५६ हजार ६५२ थान पुस्तक बिक्रीवितरण भइसकेका छन् ।  

गत सोमबारसम्म उक्त परिमाणमा पुस्तक बिक्रीवितरण भएका र केन्द्र मातहतका कार्यालयमा बाँकी एक करोड पाँच लाख ७३ हजारभन्दा बढी थान पुस्तक मौज्दात रहेकाले सूचीकृत बिक्रेताहरूलाई समयमै सम्पर्कका लागि अनुरोध गरिएको छ । साथै कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि विद्यार्थी सङ्ख्याका आधारमा छपाइ भइरहेकाले समयमै उपलब्ध गराइने प्रबन्धक निर्देशक पौडेलले जानकारी दिए  ।

‘केन्द्रले कक्षा १, २ र ४ बाहेकका पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको थियो । विद्यालय तहको प्राप्त जिम्मेवारी समयमै पूरा गर्ने गरी काम भएको छ । बाँकी पुस्तक पनि चाँडै बिक्री वितरणका लागि हामी खटिरहेका छौँ’, उनले भने  । 

केही वर्ष अघिसम्म देशभरका विद्यालयमा शैक्षिक सत्र सकिने बेलासम्म विद्यार्थीले पुस्तक पाउन नसकेको गुनासो आउने गरेका थिए । सरकारले केही वर्षयता जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक छाप्ने जिम्मा दिएपछि समस्या समाधान हुन थालेको छ । सरकारले कक्षा एक, दुई र चारको पाठ्यपुस्तक छपाइको जिम्मा भने निजी क्षेत्रलाई नै दिने गरेको छ । 

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ३७ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६