असल व्यवहारका साथ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

असल व्यवहारका साथ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारीहरूसहित मन्त्रालयका विभागीय प्रमुखहरूलाई असल व्यवहारका साथ सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

आज बसेको ‘भर्चुअल’ बैठकमा मन्त्री लेखकले सेवा प्रवाहसँग असल व्यवहार, बानी र वचन जोडिएको बताए । ‘सेवा प्रवाहको विषय असल वचनसँग जोडिएको हुन्छ’, उनले भने, ‘सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रूपमा प्रस्तुत हुन थप बजेट आवश्यक पर्दैन ।’ उनले सीमित स्रोतसाधन, जनशक्ति र भौतिक पूर्वाधार अभावकाबीच काम गर्नुपरेको बताए ।

‘सेवा प्रवाह सुधारको विषय पहिलो नम्बरमा राखेर काम गर्नुहोला’, उनले भने, ‘अरूको सेवा प्रवाहको अनुगमन गर्ने दायित्व पनि हाम्रो हो ।’ कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उनले सेवा प्रवाह सुधारका साथै हेल्पडेस्क र टोकन प्रणाली कार्यान्वयनमा जोड दिए ।

बैठकमा गृह सचिव गोकर्णमणि दवाडी, विभिन्न विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : ०० बजे

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह