डोटीको घण्टेश्वर सेतीमहाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी | Khabarhub Khabarhub

डोटीको घण्टेश्वर सेतीमहाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

डोटी – स्वतन्त्र विद्यार्थी युनियनको आज भएको निर्वाचनमा डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु प्यानलसहित विजयी भएको छ ।

जोरायल गाउँपालिका–४ मा रहेको श्री घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको निर्वाचन समिति संयोजक वासुदेव जोशीले जानकारी दिए ।

उनका अनुसार अध्यक्षमा शुरत बोहरा ६९ मत, सचिव दीपक साउदले ६५ मत र कोषाध्यक्ष कलावती बोहराले ६६ मत प्राप्त गरेका छन् । सदस्यहरुमा शर्मिला विक ६६, रेखाशाहु ६५, धनाकुमारी कामी ६४ र कविता मगरले ६२ मत प्राप्त गरे ।

कूल ११४ जना मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा जम्मा १०३ मत खसेको थियो भने समानुपातिकतर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गरेको र नेपाल विद्यार्थी सङ्घले ३६ मत प्राप्त गरेको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पस निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ९ : ४७ बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै