युद्धले भारत र पाकिस्तानको शेयर बजारमा पहिरो, मुद्रामा देखियो असर « Khabarhub

युद्धले भारत र पाकिस्तानको शेयर बजारमा पहिरो, मुद्रामा देखियो असर


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतसँग युद्धको तनाव चुलिएसँगै पाकिस्तानको शेयर बजारमा पहिरो गएको छ। बिहीबार पाकिस्तानी शेयर बजार ६ प्रतिशतले ओरालो लाग्यो। यता, भारतीय बजारमा पनि भारी गिरावट देखिएको छ।

भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण बिहीबार दुवै देशका शेयर बजार भारी गिरावटसहित बन्द भएका हुन्।

भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स र निफ्टी दुवैमा करिब आधा प्रतिशतको गिरावट दर्ज गरिएको छ। उता, पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्तामा त्रास फैलिएको देखियो। त्यहाँ भारी बिक्रीको दबाब परेको छ।

कारोबार सत्रका क्रममा किनबेच नै रोक्नुपर्‍यो, जसको कारण थियोे, शेयर मूल्यमा भारी गिरावट। कराँची स्टक एक्सचेन्जको सूचकांक केएसई १०० ले कारोबारमा ६ प्रतिशतभन्दा बढी गिरावट भोग्नुपर्‍यो। मुद्रा बजारमा पनि तनाव देखिएको छ।

यता भारतीय रुपियाँ अमेरिकी डलरसँग तुलना गर्दा एक प्रतिशतभन्दा बढीले कमजोर भएको छ। पाकिस्तानी रुपियाँमा पनि गिरावट आएको छ।

दुवै देशका लगानीकर्तामा चिन्ता बढिरहेको छ। बिहीबार दुबै देशले एक–अर्कामाथि ड्रोन आक्रमणको आरोप लगाएका छन्।

भारतले जानकारी मंगलबार राति पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। त्यसयता दुई देशबीच भीषण युद्धको अवस्था बन्न थालेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ६ : ०९ बजे

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको