यस्तो बन्यो संसद् भवन (फोटो फिचर) « Khabarhub

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको काम अझै सकिएको छैन । नयाँ संसद् भवनको काम पूरा गर्न पाँचौँ पटक म्याद थपिन लागेको छ । 

२०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रुपैयाँ लागतमा संघीय संसद्को नयाँ भवन तीन वर्षभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।

त्यसयता बारम्बार म्याद थप हुँदै आएको छ । संसद् भवन निर्माण गर्न ठेकेदार कम्पनीले अहिलेसम्म चार पटक म्याद थप गरिसकेको छ। संसद् भवन बनाउने जिम्मा मन्त्रालय मातहतको विशेष भवन आयोजनाले पाएको छ। अहिलेसम्म संसद् भवन निर्माणको काम करिब ८६ प्रतिशत पूरा भएको बताइएको छ ।

प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसदीय समितिका सभापति, विभागीय मन्त्रीहरूले निर्माणाधीन संसद् भवनको अवलोकन गरी चाँडै काम पूरा गर्न निर्देशन दिँदै आएका छन् तर कहिले काम सकिन्छ टुङ्गो छैन। नयाँ भवनमा संसद्को अधिवेशन कहिले बस्छ यसै भन्न नसकिने सम्बद्ध कर्मचारीकरण बताउँछन् ।

सरकारले २०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् बैठक सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ११ : ५८ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।