बृहत्तर बराहक्षेत्र विकास समितिको ४ निर्णय, कार्यकारी निर्देशकको नियुक्ति अन्योल « Khabarhub

बृहत्तर बराहक्षेत्र विकास समितिको ४ निर्णय, कार्यकारी निर्देशकको नियुक्ति अन्योल


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोशी प्रदेश सरकारको ३९औं मन्त्रीपरिषदको निर्णयअनुसार बृहत्तर बराहक्षेत्र विकास समितिमा अध्यक्ष नियुक्त भएपछि बसेको पहिलो बैठकले ४ निर्णय गरेको छ ।

कर्मचारी व्यवस्थापन सम्बन्धमा गठन आदेश हेरेर कर्मचारी प्रस्ताव गर्ने, चालु कार्ययोजना पास गर्ने र आगामी आर्थिक वर्षका लागि बजेट माग गर्नेलगायत निर्णय भएको कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख एवम् प्रवक्ता दामोदर फुयलले जानकारी दिए ।

विकास समितिमा अध्यक्षसहित सदस्यहरू नियुक्त गरे पनि प्रदेश सरकारले सदस्य सचिव (कार्यकारी निर्देशक) नियुक्त गरेको छैन । प्रवक्ता फुयलले सदस्य सचिवको नियुक्तिका लागि प्रक्रियामा जाने बताए ।

‘प्रदेश सरकारका तीन सचिव रहेको छनोट समिति छ, मन्त्रालयले सूचना आह्वान गर्ने छ र योग्यता पुगेका इच्छुकले आवेदन दिन सक्नेछन् ।’ प्रवक्ता फुयलले भने । सदस्य सचिवका लागि गठन आदेशले तोकेको योग्यताअनुसारका उम्मेदवारले आवेदन गर्न सक्ने प्रवक्ता फुयलले बताए ।

बृहत्तर बराहक्षेत्र विकास समिति (गठन) आदेश २०८१ अनुसार कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ । गठन आदेशको दफा ८ को उपदफा ३ ले कार्यकारी निर्देशकको योग्यता तोकेको छ । योग्यतामा ३५ वर्ष पूरा भई कम्तिमा स्नातक उपाधि हासिल गरेको र धर्म, संस्कृतिको क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने तोकेको छ ।

यस अघि विकास समितिको अध्यक्षमा प्रकाश बस्नेत नियुक्त भएका छन् भने सदस्यहरूमा प्रल्लाद भट्टराई, लक्ष्मीराज अधिकारी, टीकाकुमारी श्रेष्ठलाई नियुक्त गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ०२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका