आईपीएल स्थगित « Khabarhub

आईपीएल स्थगित


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले यस सिजनका बाँकी खेलहरु अनिश्चित कालका लागि स्थगित गरेको हो ।

बीसीसीआईको बैठकले यस्तो निर्णय गरेको भारतीय टेलिभिजन आज तकले उल्लेख गरेको छ ।

यससँगै आजदेखि आईपीएलका कुनै खेल हुनेछैनन् । भारत र पाकिस्तानबीच तनाव बढ्दै गइरहेका बेला आईपीएल स्थगित गरिएको हो । पाकिस्तानसँग तनाव बढिरहेका बेला आफ्नो पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर पठाउनु रहेको बीसीसीआईले जनाएको छ । बीसीसीआईले चाँडै नयाँ मिति घोषणा गर्ने अपेक्षा गरिएको छ ।

आईपीएलमा मे ८ सम्म ५८ खेलहरू भएका थिए । बिहीबार धर्मशालामा आयोजित पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचैमा स्थगित भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : ५७ बजे

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी