शून्य समयमा समसामयिक विषय : पाकिस्तानमा रहेका नेपालीको रक्षा गर्न माग « Khabarhub

शून्य समयमा समसामयिक विषय : पाकिस्तानमा रहेका नेपालीको रक्षा गर्न माग


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानबीचको तनावले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद शिशिर खनालले छिमेकी राष्ट्र भारत र पाकिस्ताबीचको तनावका कारण नेपाल र नेपालीलाई पर्नसक्ने प्रभावबारे सजकता अपनाउन तथा पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न सरकारसँग माग गरे । सांसद बीना जैसवालले नेपाल–भारतबीच खुला सिमाना भएकाले नेपालले सुरक्षा व्यवस्थामा कडाइ गर्नुपर्नेमा जोड दिइन् ।

सांसद शान्ति श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आवतजावतमा कठिनाइ हुने, सीप, क्षमता भए पनि घरमा मात्रै बस्नुपर्ने बाध्यता भएकाले यसका लागि आवश्यक बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद शिव नेपालीले वर्षायामको सुरुआत भएकाले विपद् व्यवस्थापनको तयारी समयमै गर्न सरकारसँग माग गरे ।

सांसद शोभा ज्ञवालीले बर्दियाका नदीहरूमा आएको बाढीले विगतमा खेतीयोग्य जमिन कटान गरी घरबस्ती डुबानमा परेर ठूलो धनजनको क्षति गरेको हुँदा यथाशीघ्र बजेटको व्यवस्था गरी सो क्षेत्रको समस्या समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद शङ्कर भण्डारीले सरकारले आगामी वर्षको बजेटमा निर्माण व्यवसायी र सरकारबीचको विवादले कुनै पनि विकास निर्माणका काम नरोकिनका लागि पहल गर्न माग गरे ।

सांसद सरस्वती बजिमले किसानलाई आवश्यक बीउबिजन, मल र सिँचाइको व्यवस्था गर्न माग गरिन् । बाँदर, बँदेल, दुम्सीलगायत जनावरले खेतीपाती खाइदिएको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सरस्वती सुब्बाले भारत र पाकिस्तानबीचको तनावले दक्षिण एसियाली मुलुकलाई असर गरिरहेको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा पनि पर्नसक्ने भएकाले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सराज अहमत फारुकीले ‘एक स्थानीय, उत्पादन एक’ पालिका अभियान सञ्चालन गर्न माग गरे । युवापुस्तालाई विश्वास दिलाउँदै देशभित्रै बस्ने वातावरण बनाउन सरकारले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । सुशासन र पादरर्शीको निम्ति सरकारले सबै खरिद प्रक्रियालाई अनलाइन प्रणालीअनुसार सञ्चालन गरी देशभित्रै युवालाई रोजगारी दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : २१ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड