पाकिस्तान दूताबास अगाडि शान्ति समाजको प्रदर्शन, युद्ध रोक्न दुबै देशलाई आग्रह « Khabarhub

पाकिस्तान दूताबास अगाडि शान्ति समाजको प्रदर्शन, युद्ध रोक्न दुबै देशलाई आग्रह


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले भारतमा भएको आतंकवादी हमलाको विरोध गर्दै काठमाडौंस्थित पाकिस्तानी दूताबास अगाडि प्रर्दशन गरेको छ ।

मानवअधिकारवादी नेता कृष्ण पहाडीको नेतृत्वमा भएको प्रर्दशनमा युद्ध रोकेर शान्तिको मार्गमा आउन भारत र पाकिस्तान दुबै देशलाई आग्रह गरिएको छ । साथै पाकिस्तानको भूमिबाट भारतको हपलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलाको शान्ति समाजले निन्दा गरेको छ ।

‘भारतको पहलगाममा आतङ्कवादीद्वारा एक नेपालीसहित २६ जना निर्दोष मान्छेको हत्या मानवता विरुद्धको अपराध हो, त्यस्तो आतङ्की कृत्यमा सलग्न जुनसुकै संगठन वा व्यक्ति हुन तिनीहरुमाथि कारबाही हुनुपर्छ,’ शान्ति समाजले भनेको छ, ‘आतंकी कृत्यमा संलग्न संगठन वा व्यक्तिहरुलाई कुनै पनि राष्ट्रले संरक्षण गर्नु हुँदैन भन्ने हाम्रो धारणा छ ।’

सन् १९९६ स्थापनाकालदेखि नै विश्वव्यापी रुपमा आणविक अस्त्रको उन्मूलनका लागि र युद्धको विरुद्धमा शान्ति समाजले अभियान सञ्चालन गर्दै आएको समाजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्ति समाजले सदैव आतङ्कवादको निन्दा गर्दै आएको छ । पछिल्लो चरणमा भारतको पहलगाममा अप्रिल २२ मा भएको आतङ्की आक्रमणको शान्ति समाज पुनः निन्दा गर्दछ ।’

भारतमा भएको आतंकी हमला मानवताविरुद्धको अपराध भएको बताउँदै शान्ति समाजले भनेको छ, ‘अतिवाद र आतंकवाद मानवताका शत्रु हुन् । भारतको पहलगाममा आतङ्कवादीद्वारा एक नेपालीसहित २६ जना निर्दोष मान्छेको हत्या मानवता विरुद्धको अपराध हो । त्यस्तो आतङ्की कृत्यमा सलग्न जुनसुकै संगठन वा व्यक्ति हुन्, तिनीहरुमाथि कारबाही हुनुपर्छ । आतङ्की कृत्यमा संलग्न संगठन वा व्यक्तिहरुलाई कुनै पनि राष्ट्रले संरक्षण गर्नु हुँदैन भन्ने हाम्रो धारणा छ ।’

शान्ति समाजले युद्धको बाटोबाट समस्याको समाधान नहुने बताएको छ । ‘युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सवैको जय हुन्छ, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ शान्तिको कुनै विकल्प हुँदैन भन्दै युद्ध एवं आणविक अस्त्ररहित विश्वको परिकल्पनासहित जहाँ कहि पनि होस् । युद्ध अन्त्यका लागि हामी निरन्तर युद्ध निषेधः शान्ति विशेष भन्ने आह्वानसहित अभियानरत छौं । त्यसमा पनि दक्षिण एशियालाई युद्धरहित क्षेत्र बनाऔं भन्ने आग्रहसहित हाम्रो अभियान दशकौंदेखि जारी छ ।’

पछिल्लो चरणमा दक्षिण एशियाका दुई राष्ट्रहरु भारत र पाकिस्तानबीच बढ्दो तनाव र झडप दक्षिण एशियाका लागि मात्र नभएर विश्व शान्तिकै लागि चिन्ता र खतराको बिषय बनेको शान्ति समाजको ठहर छ । उनले भनेको छ, ‘तसर्थ भारत–पाकिस्तानबीचको झडप यही बिन्दुमा अन्त्य गर्न, विद्यमान तनाव मत्थर पार्न र शान्ति प्रवद्र्धनका लागि ठोस कदम चाल्न हामी सादर आग्रह गर्दछौं ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ३० बजे

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार

काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने