भारत–चीन सीमामा देखिएका समस्या समाधान गर्न माग « Khabarhub

भारत–चीन सीमामा देखिएका समस्या समाधान गर्न माग


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सदस्य डा. स्वर्णिम वाग्लेले सीमानाकाका समस्या समाधान गर्न संसदमा कुरा उठाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा उनले भारत र चीनसँग जोडिएको नेपालको सिमानाकामा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

यस्तै सांसद् सरिता भुसालले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्ने सडकखण्डको वैकल्पिक मार्गका रुपमा रहेको भुताहा–आमबास–दुम्कीबास सडक बजेट अभावका कारण अधुरै रहेकाले बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

उनले भनिन्, ‘गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागलाई जोड्ने यो सडक निर्माण हुँदा ग्रामीण भेगका नागरिकलाई सडकको पहुँचमा पुर्‍याउन सक्छ, यसलाई पर्यटन मार्गका रुपमा पनि लिन सकिन्छ ।’ भुताहा, आमबास र दुम्कीबास सडकका लागि सरकारले निरन्तरता बजेट उपलब्ध नगराउँदा निर्माण कार्य अधुरै रहन गएकाले आगामी आर्थिक वर्ष बजेट व्यवस्था गर्न माग गरिन् ।

सांसद सीताकुमारी रानाले संयुक्त राष्टङ्घीय बालअधिकार महासन्धि अनुमोदन गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताइन् । सिङ्गो देशलाई बालमैत्री बनाउन तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालले गरेको प्रतिबद्धता पूरा गर्न राज्यले बालबालिकामा गरेको लगानी न्यून भएको उल्लेख गर्दै उनले अबको बजेट बालबालिकामैत्री हुनुपर्ने बताइन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ३१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी