नीति तथा कार्यक्रम पास गर्न एमालेले लगायो ह्विप « Khabarhub

नीति तथा कार्यक्रम पास गर्न एमालेले लगायो ह्विप


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्ना सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदानका लागि ‘ह्वीप’ जारी गरेको छ । 

एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार दलका सांसदहरूलाई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ‘ह्वीप’ लगाएका हुन् ।

‘सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ,’ बर्तौलाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ३७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना