जनमतसँग छिटै पार्टी एकता हुन्छ : रञ्जिता श्रेष्ठ « Khabarhub

जनमतसँग छिटै पार्टी एकता हुन्छ : रञ्जिता श्रेष्ठ


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिटै पार्टी एकता हुने बताएकी छन् । 

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउतको व्यस्तताका कारण एकतामा केही ढिलाई भएको भन्दै छिटै पार्टी एकता हुने बताएकी हुन् । 

पार्टीको पूर्वनिर्धारित कार्यक्रमका कारण सीके राउत काठमाडौं बाहिर रहेकाले उनी फर्किएपछि दुई पार्टीबीच छलफल गरेर एकताको मिति तय गरिने उनले जानकारी दिइन् । अध्यक्ष श्रेष्ठले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा गृहमन्त्रीले सदनमा दिएको जवाफ सन्तोषजनक रहेको उल्लेख गरिन् ।  

सदनमा गृहमन्त्रीले नै जवाफ दिइसकेको अवस्थामा वर्तमान सरकारबाट बाहिरिने कुनै सम्भावना नरहेको उनले बताइन् । यसअघि नागरिक उन्मुक्तिले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा गृहमन्त्रीको जवाफ नआए सरकार छाड्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ५२ बजे

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको