वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी « Khabarhub

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा ४२ वटा पोखरी निर्माण गरेको छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।

कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले वनजङ्गलमा पानी र आहारका अभावले वन्यजन्तु मानवबस्तीमा पस्ने र आक्रमण गर्ने भएकाले तिनलाई वनमै रोक्न पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले चालु आर्थिक वर्षमा मात्रै १० वटा पोखरी निर्माण गरिएको बताए । ‘पानी र आहारको खोजीमा वन्यजन्तु मानवबस्तीमा आउने गर्छन् । यसले मानव—वन्यजन्तु द्वन्द्व बढाइरहेको छ । यसलाई न्यूनीकरण गर्न वनजङ्गलमै पोखरी निर्माण गरिएको होँ, श्रेष्ठले भने ।

चालु आवमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्धबतास सामुदायिक वन, देवघाट गाउँपालिका–४ स्थित आमडाँडा महोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका–३ स्थित जनशक्ति सामुदायिक वन, वडा नं ४ को वराहसेनी सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । यसैगरी शुक्लागण्डकी नगरपालिका–२ को तारा, बन्दीपुर गाउँपालिका–२ को सिद्धथान, भिमाद नगरपालिका–४ को मसुरेगैरा, व्यास नगरपालिका–११ को द्रुपता, यही नगरको वडा नं ७ स्थित क्यामिन हरियाली सामुदायिक वन र भानु नगरपालिका–८ को देउराली सामुदायिक वनमा गरी १० वटा पोखरी निर्माण गरिएका छन् । मानव र वन्यजन्तुबीच द्वन्द्व कम गर्न एउटा पोखरी निर्माणका लागि रु एक लाख अनुदानको व्यवस्था गरिएको छ ।

यहाँ आव २०७७/७८ मा १०, आव २०७८/७९ मा १४, आव २०७९/८० मा आठ वटा पोखरी निर्माण गरिएका थिए । पोखरी निर्माणपछि ती क्षेत्रका वनजङ्गलमा यसपालि आगलागी कम भएको कार्यालयले जनाएको छ । हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाँच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको छ ।

वन अधिकृत नवीन विश्वकर्माले पानीको मुहानको संरक्षण तथा पोखरी निर्माण गरिएपछि वन्यजन्तुलाई जङ्गलमै रहन सहयोग पुगेकाले द्वन्द्व व्यवस्थापनमा सहज भएको बताए । पानीको खोजीमा वन्यजन्तु मानवबस्तीमा आउन थालेपछि द्वन्द्व बढेकाले न्यूनीकरणका लागि पोखरी निर्माण योजना अघि सारिएको र यो कार्य प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।

वन अधिकृत विश्वकर्माले भने, ‘जङ्गलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गर्दा वन्यजन्तुलाई पानीको अभाव हुँदैन । पानीका स्रोत तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने गरेको छ । यस कारण पोखरी निर्माणलाई अभियानका रूपमा सञ्चालन गरिएको हो ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : ०४ बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका