सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन « Khabarhub

सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई सरकारमात्रै नभएर व्यवस्था नै अनिश्चित छ भन्ने लागिसकेको तर्क गरेका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकार आफैँले नीति तथा कार्यक्रममा उल्लेख गरेको विषयले यसको पुष्टि भएको जिकिर गरे ।

‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने भन्ने सम्म त यो गणतान्त्रिक सरकारले लेख्नु ठीकै छ । तर, त्यसकाविरुद्ध प्रतिवाद गर्ने, लड्ने भन्ने कुरा नीति तथा कार्यक्रममा ल्यायो,’ लिङ्देनले भने, ‘यसबाट के देखिन्छ भने यो सरकारलाई सरकारमात्रै अनिश्चत छैन कि यो व्यवस्था नै अनिश्चित छ भन्ने लागिसक्यो ।’ 

उनले राप्रपाले लामो समयदेखि उठाउँदै आएको व्यवस्था परिवर्तनको विषयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिए । ‘हामीले जो बारम्बार उठाइराखेका छौँ, त्यो विषयलाई सम्बोधन गरेकोमा सरकारलाई धन्यवाद दिन चाहन्छौँ,’ अध्यक्ष लिङ्देनले भने ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : ०४ बजे

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको