सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन « Khabarhub

सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई सरकारमात्रै नभएर व्यवस्था नै अनिश्चित छ भन्ने लागिसकेको तर्क गरेका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकार आफैँले नीति तथा कार्यक्रममा उल्लेख गरेको विषयले यसको पुष्टि भएको जिकिर गरे ।

‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने भन्ने सम्म त यो गणतान्त्रिक सरकारले लेख्नु ठीकै छ । तर, त्यसकाविरुद्ध प्रतिवाद गर्ने, लड्ने भन्ने कुरा नीति तथा कार्यक्रममा ल्यायो,’ लिङ्देनले भने, ‘यसबाट के देखिन्छ भने यो सरकारलाई सरकारमात्रै अनिश्चत छैन कि यो व्यवस्था नै अनिश्चित छ भन्ने लागिसक्यो ।’ 

उनले राप्रपाले लामो समयदेखि उठाउँदै आएको व्यवस्था परिवर्तनको विषयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिए । ‘हामीले जो बारम्बार उठाइराखेका छौँ, त्यो विषयलाई सम्बोधन गरेकोमा सरकारलाई धन्यवाद दिन चाहन्छौँ,’ अध्यक्ष लिङ्देनले भने ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : ०४ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।