विपक्षी विचारलाई आतङ्कित पार्ने भन्दा गणतन्त्रप्रति आशा जगाउने काम गर्न सरकारलाई राजेन्द्र लिङ्देनको सुझाव | Khabarhub Khabarhub

विपक्षी विचारलाई आतङ्कित पार्ने भन्दा गणतन्त्रप्रति आशा जगाउने काम गर्न सरकारलाई राजेन्द्र लिङ्देनको सुझाव


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रम औपचारिकता पूरा गर्न आएको बताए । उनले भने, ‘सरकार आफैं निराश छ, उत्साह छैन विधि नीति तथा कार्यक्रम विधि पुर्‍याउन ल्याइदिए जस्तो रहेको छ ।’ लिङ्देनले नीति तथा कार्यक्रम विगत भन्दा दुई चार कुरामा मात्र फरक रहेको बताए । ‘अघिल्लो साल ८१ पेजको थ्यो अहिले ५६, पुरानै राम्रो ।’ उनले भने ।

अध्यक्ष लिङ्देनले सरकार आफैंले यो व्यवस्था नै अनिश्चित छ भन्ने देखाएको भन्दै धन्यवाद दिए । उनले गणतन्त्र व्यवस्था विरुद्ध फरक मत राख्न पाइने बताए । ‘फरक मत राख्नेका विरुद्ध कानुन बनाउनु पाइँदैन, यो संविधानले नै निशेधित गरेको विषय हो ।’ उनले भने ।

अध्यक्ष लिङ्देनले संविधानले राजसंस्था आउन सक्ने प्रष्ट पारेको बताए । उनले भने, ‘नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता, जनतामा निहीत सार्वभौमिकताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न सकिने छैन, भनेपछि त्यसदेखि बाहेक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता त जहिल्यै पनि संशोधन गर्न सकिने रहेछ भन्ने कुरा त यो संविधानले नै प्रष्ट पारेको छ ।’

उनले कतिपय राजावादीहरूले संविधानको पूर्ण खारेजीको कुरा गर्दा यो संविधानका सबै कुरा नराम्रा छन् भन्ने होइन, यो संविधानमा भएका कतिपय कुरा जोगाएर लानुपर्छ भन्ने गरेको बताए । ‘यो संविधानले दिएको सुविधाअनुसार नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो मान्यताका कुराहरू उठाइरहेको छ ।’ उनले भने ।

अध्यक्ष लिङ्देनले संविधान संशोधन पेश गर्न सक्ने अवस्था रहे पनि प्रस्ताव पारित नहुने हुँदा फरक मत राख्दै आएको बताए । संसदमा बोल्दै उनले भने, ‘विपक्षी विचारलाई आतङ्कित र निशेध गर्ने खाल्का दृष्टिकोणहरू प्रस्तुत गर्नुको बदला तपाईंको गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् न ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : ०१ बजे

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।

बल्बी खोलाको बाढीले बगाउँदा बालिकाको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको