पत्रकारलाई सेनाको तालिम « Khabarhub

पत्रकारलाई सेनाको तालिम


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महोत्तरीको बर्दीबासस्थित नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टरले स्थानीय पत्रकारहरुलाई रक्षा संवाददाता अभिमुखीकरण तालिम दिएको छ ।

गत बैशाख २२ देखि शुरु भएको चारदिने तालिम शुक्रबार सकिएको पृतना कार्यालयले जनाएको छ ।

समापन कार्यक्रममा नेपाली सेनाका मध्य पूर्वी पृतनाका चिफ अफ स्टाफ सहायक रथी भूवन खत्रीले अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरे ।

यस अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ४ वटा एफ.एम. रेडियो स्टेसनहरूलाई प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र पनि प्रदान गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा ११ जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध २७ जना सञ्चारकर्मीको सहभागितामा थियो ।
कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा पत्रकारहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रमकै बीचमा सहभागी पत्रकारहरुलाई बारा जिल्लाको सिम्रौनगढस्थित रानिवास दरबार र कलैयास्थित ऐतिहासिक पार्कको स्थलगत भ्रमणसमेत गराइएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : २५ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन