रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश « Khabarhub

रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश दिएको छ । अदालतले सर्वसाधरणको लागि जारी गर्न लागेको साधारण शेयर (आइपीओ) रोक्ने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश बिहीबार दिएको हो ।

नेपाल धितोपत्र बोर्डले अर्को निर्णय नहुञ्जेल आइपीओको प्रक्रिया रोक्न बिक्री प्रबन्धक आइएमई क्यापिटललाई दिएको आदेशविरुद्ध मिल्स वैशाख ११ गते अदातल गएको थियो ।

यो पनि हेर्नुहोस् : आईपीओ जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सका वित्तीय विवरणमा गडबडी, सञ्चालकलाई हुन सक्छ २ वर्ष कैद

रिलायन्सले नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरबार, नेपाल धितोपत्र बोर्ड, बोर्डको संचालक समिति, र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दा उपर गत वैशाख १४ गते न्यायाधीश लालबहादुर कुँवरले कारण देखाऊ आदेश जारी गरेका थिए । वैशाख २४ गते बिहीबार न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यले रिलायन्सको पक्षमा ‘पत्र कार्यान्वयन नगर्नू नगराउनू’ भन्दै अन्तरिम आदेश जारी गरेका हुन् ।

यो पनि हेर्नुहोस् : रिलायन्स स्पिनिङ मिल्स विरुद्धको रिट खारेज 

रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत हुन आउने १९ करोड २६ लाख ६०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न खोजेको हो । सर्वसाधारणमा जारी गर्ने ११ लाख ५५ हजार ९६० कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ताका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउनेछन् ।

प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ताका लागि आवेदन दिन पाइनेछ । जसमा न्यूनतम आईपीओ भर्न पनि ४१ हजार ४० रुपैयाँ चाहिन्छ । यो हिसाब गर्दा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नेपालको पूँजीबजार इतिहासकै महँगो आईपीओ हो ।

यो पनि हेर्नुहोस् : रिलायन्स स्पिनिङको आईपीओ जारी नगर्न उच्च अदालतको अन्तरिम आदेश

आईपीओ प्रकरणमा रिलायन्सको तर्क : सेबोनले अद्यावधिक नगर्दा विवरण तलमाथि

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ४ : ३३ बजे

युद्धले रोजगारी गुम्ने पिरमा रहेका युवाको चित्कार– आफ्नै विमानस्थलमा पानीसमेत पाइएन

काठमाडौं- मध्यपूर्वको लडाईंको कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान स्थगित भएपछि

सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो

नेपालगन्ज– बाँकेका तीनै निर्वाचन क्षेत्रमा मतपेटीकासहित सम्पूर्ण निर्वाचन सामग्री निर्वाचन

बाँकेका सीमा नाका तीनदिन बन्द हुने 

काठमाडौं– प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि बाँकेका सीमा नाका

दुबई एयरपोर्टमा फेरि विस्फोट, कम्तीमा चारजना घाइते, यात्रुबीच भागदौड

यूएई- संयुक्त अरब इमिरेट्सको दुबईमा फेरि विस्फोट भएको समाचार आएको

निर्वाचन आचारसंहिताको पालना गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र