अझै कलाकार चयनमै ‘महाराजधिराज’ टिम, कहिले हुन्छ छायाङ्कन ? « Khabarhub

अझै कलाकार चयनमै ‘महाराजधिराज’ टिम, कहिले हुन्छ छायाङ्कन ?


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्ममा नायिका वर्षा सिवाकोटी अनुबन्ध भएकी छन् । उनले बिहीबार कागजी सम्झौता गरेको निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको हो ।

पल शाह केन्द्रीय नायक रहने भनिएको यो फिल्म निर्माणको घोषणा गत वर्षको माघ गरिएको थियो । फिल्मको प्रदर्शन मिति आगामी असोज १३ गते फूलपातीलाई तोकिएको छ ।

प्रदर्शन मिति आउन ५ महिना बाँकी रहँदा पनि यस फिल्मको छायाङ्कन सुरु भएको छैन । वैशाखमा बल्ल निर्माण टिम कलाकार चयनमा तातेको छ ।

निर्माण पक्षले वैशाख १७ मा नायक रमेश उप्रेतीलाई अनुबन्ध गरेको थियो भने गत यही बुधबार नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् ।

३ महिनाअघि फिल्म निर्माण घोषण भएको यस फिल्ममा तीन नायक अनुबन्ध भइसक्दा पनि नायिकाको टुंगो लागेको थिएन । यही अवस्थामा वर्षा फाइनल भएकी हुन् ।

यी चारसहित कलाकारमा जयकिशन बस्नेत फाइनल भइसक्दा पनि निर्माण टिमले छायाङ्कनबारे जानकारी दिएको छैन । अझै छायाङ्कनमा ढिलो भएको अवस्थामा फूलपातीमा यस फिल्म प्रदर्शनमा ल्याउन निर्देशक सेनलाई चुनौती पर्ने देखिन्छ ।

यस फिल्मको लेखक निर्देशक सेन आफैँ हुन् । प्रस्तुतकर्ता विराज बिष्ट यस फिल्मक निर्माताहरु टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : २५ बजे

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायोविपक्षी दलका

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ

प्रतिनिधिसभा : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)