गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी | Khabarhub Khabarhub

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । उनले राजनीतिक दलहरू सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताए ।

‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले नेपालका पार्टीका आ–आफ्नो विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताए । 

‘सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सृजना गरे, एकपटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौँ’, अध्यक्ष केसीले भने, ‘राजावादीको तीनकुने आन्दोलन अराजकताको पराकाष्ठा हो, न्यायिक छानबिन हुनुपर्छ, राजावादीहरू सल्बलाउन थाले, सबै दल मिलेर लोकतन्त्रका पक्षमा जुटौँ ।’

सङ्घीयता खर्चिलो भएको उल्लेख गर्दै अध्यक्ष केसीले यसलाई नेपालको अर्थतन्त्रले नथेग्ने बताए । उनले लोकतन्त्र र गणतन्त्र आएकै कारण बोल्न पाइएको स्मरण गर्दै राजतन्त्र फर्काउने कुरा सम्भव नभएको बताए । अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र रहेमा मात्रै जनताले आवाज उठाउनसक्ने बताए ।   

‘नेता मात्रै हैन जनतासमेत सचेत हुन आवश्यक छ, भ्रष्टाचार मौलाएका कारण विकास भएन, जनताले सही जनप्रतिनिधि चुन्न सकेनन्’, अध्यक्ष केसीले भने ।  

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ४ : ४८ बजे

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङ- जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७  आयोजनाले विद्युत् उत्पादन

आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई निकाल्ने

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई गरे सिधा वार्ताका लागि आह्वान

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनलाई सिधा वार्ताका लागि