गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी « Khabarhub

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । उनले राजनीतिक दलहरू सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताए ।

‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले नेपालका पार्टीका आ–आफ्नो विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताए । 

‘सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सृजना गरे, एकपटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौँ’, अध्यक्ष केसीले भने, ‘राजावादीको तीनकुने आन्दोलन अराजकताको पराकाष्ठा हो, न्यायिक छानबिन हुनुपर्छ, राजावादीहरू सल्बलाउन थाले, सबै दल मिलेर लोकतन्त्रका पक्षमा जुटौँ ।’

सङ्घीयता खर्चिलो भएको उल्लेख गर्दै अध्यक्ष केसीले यसलाई नेपालको अर्थतन्त्रले नथेग्ने बताए । उनले लोकतन्त्र र गणतन्त्र आएकै कारण बोल्न पाइएको स्मरण गर्दै राजतन्त्र फर्काउने कुरा सम्भव नभएको बताए । अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र रहेमा मात्रै जनताले आवाज उठाउनसक्ने बताए ।   

‘नेता मात्रै हैन जनतासमेत सचेत हुन आवश्यक छ, भ्रष्टाचार मौलाएका कारण विकास भएन, जनताले सही जनप्रतिनिधि चुन्न सकेनन्’, अध्यक्ष केसीले भने ।  

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ४ : ४८ बजे

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको