टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए « Khabarhub

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका छन् । पालिकामा कांग्रेसबाट टिकट नपाएपछि बोहरा रिसाएर नेकपा एमाले प्रवेश गरेका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने शर्तसहित उनी एमाले प्रवेश गरेका थिए ।

बोहरालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन् । बाजुराका कांग्रेस नेताहरूको उपस्थितिमा फर्किएका बोहराको स्वागतमा पदम गिरीको उपस्थिति भने देखिएन । कांग्रेस बाजुरा सभापति रामसिंह रावल, नेताहरू जनकराज गिरी, कविराज पण्डित, महा नेपाली, जुना दानी, चक्र शाहसहित प्रवेश कार्यक्रमका सहभागी थिए ।

तत्कालीन नेपाली कांग्रेस निर्वाचन क्षेत्र प्रदेश ‘क’ का क्षेत्रीय कार्यसमिति सभापतिसमेत रहेका बोहराले जित लगत्तै कांग्रेस फर्किने मनसायमा थिए । नेपाली कांग्रेसले समेत बेवास्ता गरेपछि एमालेमै अढाई वर्ष बिताएका थिए । तत्कालीन नगर प्रमुख पदम गिरीलाई नै कांग्रेसले टिकट दिएपछि बोहरा बिच्किएका थिए ।

आफूले टिकट पाउने, उपप्रमुखमा एमालेसँगै मिलेर जित्ने र पदम गिरीलाई जसरी पनि हराउने नियतका साथ बोहरा एमाले प्रवेश गरेका थिए । त्यो बेला नेकपा एमालेको पक्षमा बढ्दो लहर र कांग्रेस नेतृत्वको ५ वर्ष नगर सरकारको कार्यकालदेखि हैरान बनेका स्थानीयले भारी अन्तरले नगर प्रमुख र उपप्रमुख दुबैलाई जिताएका थिए ।

एमालेको तर्फबाट उम्मेदवार बनेका जनककुमार बोहराले पदम गिरीलाई १८ सय बढी मत अन्तरले हराएका थिए । गुलाब चिह्नबाट स्वतन्त्र बनेर एमालेको सहयोगमा जितेका बोहराले पनि कांग्रेसकै रीता शाहीविरुद्ध शानदार जित दर्ता गराएका थिए । तीन दशक नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बोहरा नेकपा एमालेमा सहज समायोजन हुन सकेनन् ।

एमालेका नेता कार्यकर्ताले दिनु पर्ने मान सम्मान र स्थान नदिएको गुनासो बोहराको थियो । गत जेठमा सम्पन्न नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशनमा पदाधिकारी बन्ने चाहना राखेका बोहरालाई नपत्याएको उनको आक्रोश थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : १२ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका