‘लाज शरणम्’ टिमले मनायो १०० दिनको खुशीयाली, सिन्धुपाल्चोकका विद्यार्थीलाई सहयोग « Khabarhub

‘लाज शरणम्’ टिमले मनायो १०० दिनको खुशीयाली, सिन्धुपाल्चोकका विद्यार्थीलाई सहयोग


२६ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत फागुन १४ बाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ले बिहीबार प्रदर्शनको १०० दिन पूरा गरेको छ । यो फिल्मलाई अझै पनि रञ्जना हलले दैनिक एक शो दिइरहेको छ ।

यो फिल्मले न्यून शो र अकुपेन्सीका साथ प्रदर्शनको १०० दिन पूरा गरेको हो । तथापि कमै फिल्मले १०० दिनको यो सफलता हात पार्छन् ।

निर्माता नवीन श्रेष्ठले मदर किड्स पाउन्डेसनमार्फत् सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीस्थित श्री बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरी फिल्म सफलताको खुसी साटेका हुन् ।

उनका अनुसार विद्यार्थीहरुलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरिएको हो ।

टेलिसिरियल ‘सक्किगोनि’ टिमले बनाएको यस फिल्मको निर्देशक कुमार कट्टेल जिग्री हुन् । यो फिल्ममा सीताराम कट्टेल धुर्मुश शीर्ष भूमिकामा छन् ।

जेपीटी क्रिएसनको ब्यानर बनेको ‘सक्किगोनि’मा कलाकारहरु सागर लम्साल ‘बले’, हरिश निरौला ‘कक्रोच’, अर्जुन घिमिरे ‘पाडे’ र कमलमणि नेपाल ‘खुपिका बा’को पनि अभिनय रहेको छ ।

उनीहरुसहित विजय बराल, बुद्धि तामाङ, मुकुन्द श्रेष्ठ र महेश त्रिपाठी पनि मुख्य भूमिकामा रहेका छन् । दयाहाङ राईले गेस्ट अपिरियन्स दिएका छन् ।

निर्माता श्रेष्ठ अर्को फिल्म ‘पाँच पण्डव’ निर्माणको तयारीमा छन् । उनले ‘लाज शरणम्’को स्किवेल पनि आउने बताएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ८ : ४७ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६