रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक « Khabarhub

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका रुपमा चर्चामा आएका छन् ।

आगामी अगस्ट १४ मा प्रदर्शनमा आउने दक्षिण भारतीय फिल्म ‘कुली’का लागि लिएको पारिश्रिमकले उनी एसियाकै महँगो नायकका रुपमा चर्चामा आएका हुन् ।

लोकेश कनागराजको निर्देशनमा बन्ने फिल्म ‘कुली’ सन् २०२५ को भारतकै सबैभन्दा महँगो र ठूलो प्रोजेक्ट मध्ये एकका रुपमा चर्चा भइरहको छ ।

विभिन्न भारतीय मिडियाहरुले यो फिल्मको लगानी चार सय करोड भारतीय रुपैयाँ रहेको बताएका छन् ।

प्रदर्शनको १०० दिने ‘काउन्ट डाउन्ट’ सुरु गर्दै निर्माण पक्षले एक प्रोमो भिडियो सार्वजनिक गरेको थियो । जसमा रजनीकान्तको ‘योङ लुक्स’ले चर्चासमेत पाएको छ ।

अहिले उनको पारिश्रमिकको विषय पनि चर्चामा आएको छ । उनले ‘कुली’का लागि २६० करोडदेखि २८० करोड भारुसम्म पारिश्रमिक बुझेको भारतीय मिडिया टाइम्सअफ इन्डियाले उल्लेख गरेको छ ।

बलिउडका महँगा नायक सलमान खान र शाहरुख खानको भन्दा पनि यो धेरै ठूलो पारिश्रिमक हो । सलमान र शाहरुखले १०० करोड हराहारी पारिश्रमिक बुझ्ने गरेका छन् ।

एसियाको महँगो नायकका रुपमा ज्याकी च्यानलाई लिइँदै आएको थियो । रजनीकान्तको यो पारिश्रमिक ज्याकी च्यानको भन्दा बढी हो ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ६ : ०३ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने