ज्येष्ठ नागरिकलाई सम्मान « Khabarhub

ज्येष्ठ नागरिकलाई सम्मान


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

पालिकास्तरीय सार्वजनिक सुनुवाइ र ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो । १० वटा वडा रहेको पालिकामा ८० वर्ष पुगेका ४८० ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट, इलेक्ट्रिक जग र थर्मस प्रदान गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।

त्यसैगरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र काँस्य पदक विजेतालाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ ।

स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमश ः नगद दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँसहित सम्मान गरिएको हो । पालिकाबाट प्रतियोगितामा भाग लिई ३१ जनाले स्वर्ण, १२ जनाले रजत र तीन जनाले काँस्य पदक प्राप्त गरेका थिए ।

दुई आर्थिक वर्षको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने छात्रछात्रालाई नगदसहित कदरपत्रले सम्मान गरिएको छ । आर्थिक वर्ष २०७९–०८० र आर्थिक वर्ष २०८०–०८१ मा उत्कृष्ट जीपीए ल्याउने पाँच छात्रछात्रालाई नगद पाँच हजारसहित कदरपत्रले सम्मान गरिएको हो ।

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयलाई पनि सम्मान गरिएको छ । तीन वटा विद्यालयले आर्थिक वर्ष २०८०–०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका थिए ।

सुनकोशी माध्यमिक विद्यालय बलखु गौडा, आरुभञ्ज्याङ माध्यमिक विद्यालय बलखु र पञ्चकन्या माध्यमिक विद्यालय सिस्नेरीले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका थिए । ती विद्यालयलाई नगद २० हजारसहित कदरपत्रले सम्मान गरिएको शिक्षा शाखा प्रमुख विवेक तामाङले जानकारी दिए ।

शिक्षामा उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यालय र विद्यार्थीहरूको मनोबल उच्च पार्दै हौसला प्रदान गर्न सम्मान गरिएको पालिका अध्यक्ष कमल तामाङले बताए । 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ६ : २२ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै