फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप « Khabarhub

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप


२६ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या हुने गरेको छ ।

अस्पतालकी निमित्त प्रमुख डा. श्रेया पङ्गेनीले क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको बताइन् । उनले भनिन, ‘हाम्रो अस्पताल १५ शय्याको हो, तर व्यवहारमा दैनिक ५० बढी बिरामी भर्ना भइरहेका छन् । प्रसूति, आकस्मिक, स्त्रीरोग जस्ता सेवासमेत हामी यहीँबाट दिन बाध्य छौँ, भौतिक संरचना त पर्याप्त छ, जनशक्ति कमजोर छ ।’

जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । एक जना मेडिकल अधिकृत, एक जना वरिष्ठ नर्सिङ निरीक्षक,  दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन् । बाँकी १३ पद रिक्त छन्, जसले अस्पतालको सेवा प्रणालीलाई अधुरो र असन्तुलित बनाएको छ ।

डा पङ्गेनीले भनिन्– ‘एक जना डाक्टरले सबै प्रकारका बिरामीको चाप सम्हाल्नुपर्दा कहिलेकाँही २४ घण्टा ड्युटी गर्नुपर्ने अवस्था आउँछ । मनोवैज्ञानिक दबाब धेरै छ ।’ हाल कूल दरबन्दीको ७२ प्रतिशत पद रिक्त छ ।

‘हामी आठ घण्टा ड्युटीमा खटिनुपर्ने हो, तर दैनिक १२–१३ घण्टासम्म ड्युटी गर्नुपर्छ । मानसिक, शारीरिक थकान अत्यधिक छ । व्यक्तिगत जीवनसँगको सन्तुलन हराएको छ’, अस्पतालमा कार्यरत स्टाफ नर्स दिप्ती चौधरीले भनिन् ।

करारका कर्मचारीको भरमा अस्पताल 
अस्पतालमा ३२ जना करारका कर्मचारी छन् । ११ जना अस्पताल विकास समितिबाट ज्यालादारीमा नियुक्त छन् । अस्पतालको दीर्घकालीन योजना, तालिम, प्रणाली सुधारजस्ता विषयमा स्थायित्व नहुँदा कार्यान्वयन हुन सकेको छैन ।

वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पाले छात्रवृत्ति करारका चिकित्सकहरू ६ महिना र एक वर्षका लागि आउने हुँदा उनीहरुको अनुभव राम्रो भए पनि अस्पताललाई दीर्घकालीन लाभ नहुने बताइन् ।

करारका चिकित्सकहरूले सक्दो योगदान दिएपनि उनीहरु लामो समय रहन नसक्ने भएकाले अस्पतालले बारम्बर चिकित्सकको अभाव झेल्दै आएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले गत साता मात्रै प्रदेशका स्वास्थ्यमन्त्रीसँग भेटेर ३० शय्याको संरचना र तदनुसारको दरबन्दी माग गरेको बताए ।

प्रदेश  स्वास्थ्य मन्त्रालयले भने लोकसेवा आयोगबाट पदपूर्ति भएपछि दरबन्दी पूरा हुने जवाफ दिएको छ । (रासस)

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ६ : ३५ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास